शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

२७ वर्षदेखि फरार अभियुक्त पक्राउ

आइतबार, १७ माघ २०७२, १६ : ४७
आइतबार, १७ माघ २०७२

भक्तपुर – चोरी गरेर फरार एक व्यक्तिलाई महानगरीय प्रहरी परिसर भक्तपुरले २७ वर्षपछि आइतबार बिहान पक्राउ गरेको छ । २१ वर्षको उमेरमा नै चोरी गरी फरार रहेका भक्तपुर नगरपालिका वडा नं.१३ खौमाका ४८ वर्षीय राजेन्द्र सुवाल घरमा नै लुकी बसेको सुचना पाएपछि प्रहरीले पक्राउ गरेको हो । सुवाललाई जरिवाना र कैद भुक्तानीको लागि प्रक्राउ गरीएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डिएसपी शेखर खनालले जानकारी दिएका छन् । अभियुक्त सुवाललाई वि.स २०४५ साल असोज २४ गते भक्तपुर जिल्ला अदालतले १ महिना १५ दिन कैद सजाय र ७ हजार ७ सय ७० रुपैया जरिवनाको फैसला गरेको थियो । प्रहरीले पक्राउ पछि अभियुक्त सुवालले आइतबार नै भक्तपुर जिल्ला अदालतमा पेश गरेको छ । सुवालले तोकीएको जरिवाना अदालतलाई बुझाएको र कैद भुक्तानीको लागि केन्द्रिय कारागर डिल्ली बजार पठाएको प्रहरीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप