एलाईड ट्रेड लिङ्क इन्टरनेशनले पानासोनिक इलुगा स्वीच बजारमा ल्यायो
आइतबार, १७ माघ २०७२, १७ : ०३
काठमाडौं–पानासोनिक मोबाइल फोनहरूका लागि आधिकारिक बजार व्यवस्थापक तथा वितरक एलाईड ट्रेड लिङ्क इन्टरनेशनलद्वारा पानासोनिकको नयाँ स्मार्टफोन पानासोनिक इलुगा स्विच बजारमा प्रस्तुत गरिएको छ ।
प्रमुख विशेषताः यो फोनमा “रिभर्सिबल स्मार्टफोन“ प्रविधि उपलब्ध छ जसबाट फोनलाई कुनै पनि कोणबाट प्रयोग गर्न सकिन्छ, अर्थात् यो फोन सिधा, उल्टा वा साइडबाट हेर्न र प्रयोग गर्न सकिन्छ ।
पानासोनिक इलुगा स्विचमा २ जि.बि. ¥याम र ३२ जि.बि. रोम रहेको छ। यसको स्क्रिन साइज ५.५ इन्चको छ। यसमा १.५ गिगाहर्ज ओक्टा कोर स्नापड्रागन प्रोसेसर रहेको छ।
यसको पछाडिको क्यामरा १३ मेगापिक्सलको छ भने अगाडिको क्यामरा ८ मेगापिक्सलको छ। यो फोनले ४जि प्रयोग गर्ने सुविधा प्रदान गर्छ भने २९१० एम.ए.एच. शक्तिको ब्याट्रि यसमा छ।
यसको बजार मूल्य रू. २९,९९० रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण