शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

महोत्सवमा मदिराको व्यापार पानीको मुल्य ४ गुणा बढी

आइतबार, १७ माघ २०७२, १७ : १४
आइतबार, १७ माघ २०७२

चितवन–रत्ननगर महोत्सवमा मदिराको बिक्री भएको पाईएको छ । जिल्ला प्रशासन कार्यालय चितवन र उपभोक्ता अधिकार मञ्च चितवनले गरेको रत्ननगर महोत्सवको अनुगमनका क्रममा मेलामा मदिराको ब्यापार भएको पाईएको हो । मेला महोत्सवमा चर्को शुल्क लिएर अस्वथ्यकर सामाग्री बिक्री बितरण भएको भन्ने जनगुनासोको आधारमा प्रशासन कार्यालयको नेतृत्वमा महोत्सवको अनुगमन गरिएको हो । अनुगमनका क्रममा पानीमा खरिद मुल्य भन्दा ३ गुणा बढि सम्म मुल्य लिई बिक्री गरिएको र मनोरञ्जनका सामाग्रीहरुमा चर्को शुल्क लिईएको पाईएको जिल्ला प्रशासन कार्यालय चितवनका बजार अनुगमन अधिकृत नेत्र शर्माले बताए । खरिद मुल्य १० पर्ने पानीलाई महोत्सवमा २० देखि ४० रुपैया सम्म लिएर बिक्री गरिनुका साथै मदिराको समेत कारोबार भएको भेटिएको उनले जानकारी दिए । मेला हेर्न जाने दर्शकले मेला स्थलमा राखिएको टेन्सबर्ग बियर किनेर मेला स्थलकै होटलमा लगेर खाने गरेको भेटिएको उनले जानकारी दिए । मेला महोत्सवमा मदिराको कारोबार बन्द गर्नु पर्नेमा प्रोत्साहन गरिनु आयोजकको लापरबाही भएको उनले बताए । मेला परिसरका होटललाई मदिरा बिक्री नगर्न आयोजकले भनेपनि ग्राहकले मदिराको स्टल बाट बियर खरिद गरेर आफनो होटलमा आएर खाने गरेको बम्जन होटेलका सञ्चालक सुधन सापकोटाले बताए । मेलामा खाद्य बस्तुहरुमा भने त्यस्तो खासै समस्या नदेखिएको खाद्य निरिक्षक नविन देउजाले बताए । मेला ब्यवस्थापनको पाटो पनि प्रभावकारीनै भेटिएकाले मेलामा देखिएका कमी कम्पोरीलाई सुधार्न र मेलालाई थप ब्यवस्थित गर्न आयोजकलाई आग्रह गरेको उनले बताए । मेलामा पानीमा सिन्किेट गरेको पाईएकोले पानीको मुल्यमा एकरुपता ल्याउन आयोजकलाई आग्रह गरिएको उपभोक्ता अधिकार संरक्षण मञ्चका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले बताए । मेलाका स्टलहरुले सोमेश्वर ब्रण्डको पानी मात्रै किन्नु र बेच्नु पर्ने बाध्यकारी नियम आयोजकले लगाएका कारण चर्को मुल्यमा पानी बिक्री गर्नु परेको ब्यवसायीहरुले बताएका छन् । त्यस्तै आयोजकले पेय पदार्थमा पेप्सि ब्रण्डको मात्रै बिक्री गर्नु पर्ने बाध्यकारी नियम बनाएकाले ब्यापारमा समेत समस्या भएको ब्यवसायी सापकोटा बताउछन् । उनका अनुसार पानीमा अरु बाण्ड भन्दा सोमेश्वर ब्राण्को पानी प्रतिबोत्तल २ रुपैया महहंगोमा किन्न बाध्य भएकाले महंगोमा बिक्री गर्नु परेको उनले बताए । अनुगमनमा उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका वरिष्ठ उपाध्यक्ष बिष्णु भुषाल सचिव प्रकास सिग्देल, सहसचिव बिनोद प्रधान सदस्य तारा बराल लगायतको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप