परम्परागत खेतीले उत्पादन वर्षेनी घट्दो
जाजरकोट – नायकवाडा गाविस वडा नं ७ स्र्थीत जनक वहादुर शाहीको जमिनमा ७ वर्ष पहिले उत्पादन हुने अन्न अहिले करिव ३० प्रतिशतले घटेको छ । उनका अनुसार पहिले घर नजिकै सोतर , स्याउला र घास प्रशस्त पाईने गर्दथ्यो ।
एकै वसाईमा गएर ल्याउन सकिने यी वस्तुहरु अहिले वन जंगल गएर ल्याउन दिनभरी लाग्ने गर्दछ । वन मासिदै जाँदा यस्तो समस्या आएको शाहीको भनाई छ । पहिले जस्तो खेतवारीमा मल प्रयोग गर्न र पशुचौपाय पाल्न नसक्ने भएपछि उत्पादन गिरावट आएको उनको भनाई छ । खेतवारीमा रासायिनक मल प्रयोग गर्दा जमिन डल्ला डल्ला परी निकै सास्ती व्याहोनु परेको किसानहरुले वताएका छन् । शाही जस्तै सक्ला १ का दुधवहादुर खत्रीका अनुभवमा पहिले मौसम अनुसारको पानी पर्ने गर्दथ्यो । अहिले पानी पदैन । खोलामा १० वर्ष अघि पानीको मात्रा जति थियो अहिले ह्वातै घटेको छ । जमिनमा चिस्यानपन पर्दै गएको छ । आफुले लगाएको अन्नवालीमा नयाँ नयाँ रोगहरु देखा पदै गएको खत्रीको भनाई छ । परम्परागत तरिकाले गरिने खेतिका कारण वर्षेनी आप्नो जमिनमा लगाएको अन्नवालीले दुख मात्र दिएको उनको भनाई छ । १० औ वर्ष देखी किसानहरुले एकै खालको विउ प्रयोग गरिरहेका छन् । नयाँ विउ खोज गर्ने वानीको विकास भएको छैन । खेती वाली विग्रीएमा कृषि कार्यालयमा गएर सल्लाह सुझाव लिनुको ठाउँमा धामीको शरणमा गएर हाम्रो अन्नवाली सर्पारदिन किसानहरु आग्रह गर्ने गरेको खगेनकोट वडा नं ६ का हरीवहादुर खत्री बताउँछन् । मौसम अनुसारको खेती ,कृषि प्राविधिक संग सल्लाह लिन र आप्नो खेतवारीको माटो जाँच नगर्दा वर्षेनी जाजरकोटमा खाद्यान्न उत्पादन घट्दै गएको सरोकारवालाहरु वताउछन् । खेतवारीमा मेहनत गरी अन्नवाली फलाउनु भन्दा आप्नो जमिन वाँझै राखी परमुखी भएका कारण थप समस्या आएको पाईन्छ । पढेलेखेका मानिसले कुटो,कोदालो गरेमा वेहीजत हुन्छ भन्ने गलत धारणाका कारण वर्षेनी यहाँका जमिन जाँझै रहदै आएको अगुवा किसानहरु वताउन थालेका छन् । आप्नो जमिन अर्कालाई लगाउन दिएर अदिया खाने चलन यहाँका ४० प्रतिशत किसानमा चलन वढेको छ । २० वर्ष अघि जाजरकोटका गाउँमा खेती गरिरहेको जमिन अहिले खेती नगर्दा आधा घटेको वुढापाकाहरु वताउछन् । गाउँमा वस्न छाडेर सहर वजार,सदरमुकाममा वसाई सर्ने र परमुखी वन्ने संख्य अत्यधिक वढेको छ । किसानहरुलाई सरोकारवाला निकायले वेला वेलामा विउ विजनको विषयमा अन्तरक्रिया गर्ने ,संञ्चारमाध्यमवाट जनचेतनामुलक कार्यक्रम गर्दा आधुनिक खेती प्रणाली लाग्न थप वल पुग्ने देखिन्छ । वेमौसमी खेती प्रणाली तर्फ लाग्न किसानहरुलाई प्रोत्साहन सम्वन्धित निकायले नगर्दा र आवश्यक सल्लाह सुझाव किसानले नपाउदै वर्षेनी यहाँका किसानहरु खाद्यान्न आपुर्तीका गाली परमुखी वन्दै गएका छन् । वर्षेनी सिचाई गर्नका लागी विभिन्न निकायवाट करोडौ रकम परिचालन भएपनि जनस्तर सम्म त्यो प्रभावकारी तरिकाले कार्यन्यन नहुनुले अर्को समस्या थपिएको नागरिक अगुवा राजेन्द्र विक्रम शाहको भनाई छ । आवश्यकता भन्दा पनि माग आधारित योजना छनोट गर्दा जनताले विकासको महसुस गर्न नसकेको र उत्पादन वृद्धी गर्नका लागी सिचाईलाई जोडेर गुरु योजना नवन्दा जिल्लाका विभिन्न ठाउँमा यस्तो समस्या आएको शाहको भनाई छ । खाद्य संस्थानले के गदै छ ? भारतिय नाकावन्दीको असर जाजरकोटका गाउँ गाउँमा पनि देखिन थालेको छ । जिल्लाका अधिकांश गाविसमा अहिले आवश्यक खाद्यान्न आर्यात नहुँदा जनस्तरमा खाद्यान्न अभाव चुलिएको छ । सवै भन्दा वढी नायकवाडा, रामीडाँडा, रोकायगाउँ, सक्लामा,दह,रग्दा,भगवती,टालेगाउँ,कोताङ्ग लगायतका दर्जन गाविसमा खाद्यान्न अभाव बढ्दै गएको हो । जिल्लाका सवै भन्दा विकट गाविसहरु यिनै हुन् । नेपाल खाद्य संस्थानले बारेकोटमा सम्भावित खाद्यान्न संकट टार्न डिपोमा चामल पठाउने पहल भइरहेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । यहाँ चालू आर्थिक वर्ष खाद्य संस्थानले तोकेको कोठा जिल्लाको लागी अपुग हुने गरेको छ । जिल्लामा स्वीकृत आठ हजार क्विन्टल चामल मध्ये चौखा, घाँट, घोगी र दशेरा गरी चारवटा डिपोका लागि एक–एक हजारका दरले चार हजार क्विन्टल चामलको कोटा निर्धारण गरेपनि यो जनसंख्याको आधारमा निकै कम रहेको छ । सदरमुकामको खाद्य संस्थानमा चामल विक्री नभएर थन्किने गरेको छ भने गाउँमा खाद्यान्नको हाहाकार हुदा वितरण प्रणालीमा नै समस्या भएको सरोकारवालाको आरोप छ । जिल्ला शाखामा गत वर्षको मौज्दात एक हजार चार सय २२ क्विन्टल वाँकी र यस वर्षको दुई सय ४० क्विन्टल चामल आपूर्ति भई स्टक रहेको कार्यालयका प्रमूख धर्मवहादुर वस्नेतले जानकारी दिए । यो निर्धारण गरिएको चामल वितरण गर्नका लागी ग्रामीण क्षेत्रमा रहेका ४ वटा डिपोमा कर्मचारी नहुँदा ठेकेदारले मनपरी तरिकाले चामल वितरण गर्दा न्योचित हुन नसकेको स्थानियहरुको गुनासो छ । ठेकेदारको लापरवाईले खाद्यान्न वितरण र ढुवानीमा समस्या नेपाल खाद्य संस्थान क्षेत्रिय कार्यालय नेपालगन्जवाट जिल्लाका दशेरा र पजारुमा खाद्यान्न ढुवानी हुने गर्दछ । वाँकी घाट र घोगी डिपोमा ढुवानीका लागि जिल्ला कार्यालयवाट हुने गर्दछ । यो वर्ष अञ्चल कार्यालय नेपालगन्जसँग सम्झौता गरेको विकेन्द्र निर्माण सेवा एन्ड सप्लायर्सले हालसम्म दशेरा र घोगीमा चामल ढुवानी गरेको छैन । दशेरा र घोगी डिपोबाट बिक्री गरिने खाद्यको मूल्यभन्दा कममा बजारको चामल पाइने भएकाले गत वर्ष खाद्यको चामल बिक्री भएको थिएन । सोही कारण सम्झौता गरेको सप्लायर्स कम्पनीलाई ढुवानीका लागि ताकेता गर्न नसकेको खाद्य अञ्चल कार्यालय प्रमुख शंकर सापकोटाले बताए । ६ गाविस खाद्य अति असुरक्षित जिल्लाको नायकवाडा, गर्खाकोट, मजकोट, कोर्ताङ, दह र रोकायगाउँ गरी ६ वटा गाविसलाई खाद्य असुरक्षित गाविस मानिएको छ । जिल्ला कृषि विकास कार्यालयको प्रथम चौमासिक रिपोर्टले तथ्यांक निकालेको हो । कृषि विकास कार्यालयको तथ्यांकमा १५ देखि ३५ प्रतिशतसम्म मूल्यवृद्धि भएको छ । गत वैशाख–जेठ महिनाको बालीनालीमा लागेको फौजी किरा र असार–साउनमा परेको खडेरीका कारण उत्पादकत्वमा आएको ह्रासले जिल्लाका उत्तरी भेगका ६ वटा गाविस खाद्य असुरक्षित मानिएको कृषि विकास कार्यालयको निष्कर्ष छ । भने अन्य सवै खाद्य असुरक्षित नै रहेका छन् । १६ हजार ६ सय ९८ हेक्टरमा खेती गरिने नेपाल खाद्य सुरक्षा अनुगमन प्रणालीको तथ्यांकअनुसार दुई लाख २२ हजार दुई सय ८१ हेक्टर जिल्लाको क्षेत्रफलमा खेतीयोग्य जमिन २५ हजार तीन सय ८४ हेक्टर छ । जसमध्ये १६ हजार ६ सय ९८ हेक्टर जमिनमा मात्र खेती गर्ने गरिएको छ । जिल्लामा सिञ्चित क्षेत्रफल सात हजार नौ सय आठ हेक्टर छ । एक लाख ८२ हजार ६ सय पाँचजना रहेको जिल्लाको जनसंख्या वृद्धिदर १.३ प्रतिशत छ । जिल्लामा प्रतिव्यक्ति दुई सय एक केजीका दरले ३४ हजार चार सय ३२ मेट्रिकटन वार्षिक खाद्यान्न आवश्यक पर्छ । यहाँको ३० हजार ४ सय ७२ घरधुरी रहेका छन् । २९ हजार ४ सय ९० कुल कृषक परिवार रहेका छन् । ३२ करोड १० लाख रुपैयाको फलफुल,तरकारी विक्री भएको छ । त्यस्तै पशु तथा पशुजन्य उत्पादनबाट ४४ करोड २१ लाख ७ हजार वरावरको आम्दानी भएको कृषि कार्यालयले जनाएको छ । सदरमुकाम खलंगामा विप्रेशणबाट २० करोड ३१ लाख ६१ हजार रकम विभिन्न बैंक तथा मनि टान्सफरबाट भित्रिएको देखिन्छ भने भारतबाट करिब ४० करोड आमदानी भएको अनुमान रहेको छ कृषि कार्यालयको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण