शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

‘समाजवादको पुर्नब्याख्या गर्न जरुरी’

आइतबार, १७ माघ २०७२, १७ : ५२
आइतबार, १७ माघ २०७२

अर्घाखाँची–पुर्व मन्त्री तथा नेपाली कांगे्रसका पुर्ब केन्द्रिय सदस्य ढुण्डिराज शास्त्रीले अहिलेको अवस्थामा नेपाली कांगे्रसले समाजवादको पुर्नरव्याख्या गर्न जरुरी रहेको बताएका छन् । रिपोटर्स क्लब नेपाल अर्घाखाची शाखाले आयोजना गरेको सात्क्षात्कार कार्यक्रममा बोल्दै नेता शास्त्रीले कांगे्रसको आशन्न १३औ महाधीबेसनले समाजवाद लाइ आध्यात्म र भौतिकवादसंग जोडेर पुनर्रव्याख्या गर्नुपर्ने र उदार समतामुखि सन्तुलनवादी अर्थ ब्यवस्था अंगाल्नुपर्ने कुरालाइ जोडदिएका दिए । २००७ सालदेखी बिभीन्न परीबर्तनमा नेतृत्वदायी भुमिका खेलेको कांग्रेसले सत्तामा जादा आफ्नो जिम्वेवारी बिर्सीएको शास्त्रीको आरोप छ । त्यस्तै नेपाली कांगे्रसका पुर्ब केन्द्रिय सदस्य रेवती प्रसाद भुसालले कांगे्रसमा रहेको ६०,४० को प्रथा १३औ महाधिबेशनले अन्त्य गरी पार्टीभित्रको बैचारीक भिन्नतालाई एकत्रीत गर्दै जाने बिश्वास व्यक्त गरे । सहभागीहरुको जिज्ञासाको जवाफ दिदै नेता भुसालले बर्तमान सरकारले अहिलेको अबस्था सहज बनाउनुको सट्टा सरकार कसरी टिकाउने भन्ने तर्फमात्र लागेको आरोप लगाऐ । तराइको समस्या समाधान गर्न नेपाली कांगे्रस निरन्तर लागीपरेको भएपनी सत्तारुढ दलनै समस्या समाधानको बाधक बन्दैआएको उनको भनाइ छ । अर्को फरक प्रसंगमा नेपाली जनसम्पर्क समिती भारतका अध्यक्ष बालकृष्ण पाण्डेले नेपाली कांगे्रसको १३ औ महाधिबेशनले गुठ उपगुठको अन्त्य गरी सबै क्षेत्रलाइ समेट्दै नया र सक्षम नेतृत्वको चयन गर्नुपर्ने धारणा ब्यक्त गरे । त्यस्तै नेपाल मेडिकल एसोसिएसन का महासचिब मुक्ति श्रेष्ठले अहिले नेपाली कांगे्रस भित्र देखिएको गुठगत प्रबृतिको अन्त्य गर्दै मुलुकको निकास दीनसक्ने नेतृत्व जरुरी रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप