शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

बाढी पीडितलाई राहत वितरण

आइतबार, १७ माघ २०७२, १७ : ५६
आइतबार, १७ माघ २०७२

सुर्खेत–पश्चिम सुर्खेतका विभिन्न ठाउँका बाढी पीडितहरुलाई आइतबार राहत वितरण गरिएका छ । भैरोचना फाउण्डेशन काठमाडौंले सामुदायिक अध्ययन विकास केन्द्र बाबियाचौर–५ सुर्खेतको समन्वयमा बाबियाचौर तातापानीका बाढि पीडितहरुलाई विभिन्न राहत सामग्री वितरण गरेको हो । आइतबार कार्यक्रमको आयोजना गरी बाढी पीडितहरुलाई र उनीहरुका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको हो । प्रति परिवारलाई एक÷एक वटा आर्मी बलाङकेट, बालबालिकाहरुका लागि टोपी र ट्राउजर पनि वितरण गरिएको छ । फाउण्डेशनका सदस्य तथा केन्द्रका अध्यक्ष केशव शाहीको उपस्थितिमा राहत सामग्री वितरण गरिएको हो । बाबियाचौर–१ को तिखाकुनाका एक सय ३६ घरपरिवारलाई बलाङकेट र तीन सय ५० बालबालिकाहरुलाई ट्राउजर र न्यानो टोपी वितरण गरिएको छ । यस्तै आइतबार नै तातापानी गाविसका एक सय १० घर परिवारलाई बलाङ्केट र ४४ जना बालबालिकाहरुलाई न्यानो टोपी र ट्राउजर वितरण गरिएको हो । राहात सामग्री वितरण कार्यक्रममा बोल्दै फाउण्डेशन सदस्य शाहीले सुर्खेतका बाढी पीडितहरुलाई पनि सरकारले भुकम्प पीडित सरह मान्यता दिएर त्यसै अनुसार राहत वितरण गर्नुपर्ने बताए । साथै बाढी पीडितहरुलाई तत्काल घरबासको व्यवस्थापन गर्नेुपर्ने र आत्मनिर्भर बन्नका लागि सीपमूलक कार्यक्रम गर्नु आवश्यक भएको भन्दै यसका लागि आफ्नो संस्थाले पनि पहल गर्ने बताए । कार्यक्रममा राहत बुझिसकेपछि बाढी पीडितहरुले आफूूहरुलाई सरकारले वास्था नगरेको भन्दै गासबासको पनि व्यवस्था गर्न नसकेको गुनाशो गरेका थिए । बाढील विनास गरेको साढे एक वर्ष हुँदा पनि सरकारले आफूलाई व्यवस्थापन नगरेको भन्दै पीडितहरुले यस्तो गुनाशो गरेका हुन् । यो राहत सामग्रीका लागि फाउण्डेशनका सचिव तथा बाबियाचौरका स्थानीय प्रविणकुमार रावत, फाउण्डेशनका सदस्य निगम, काठमाडौंमा रहेका सुर्खेतका विद्यार्थीहरु हेमन्त रावत, पूरण रावल लगायतले पहल गरेका थिए । राहत वितरण कार्यक्रममा बाबियाचौर गाविसका प्राविधिक मानबहादुर बुढा, बाढिपहिरो संघर्ष समिति, सुर्खेतका अध्यक्ष खगिराम रेग्मी, तिखाकुना शिविरका अध्यक्ष मानबहादुर शाही, समाजसेवी प्रेमबहादुर विष्ट, चक्र दर्लामी र बाबियाचौर स्पोर्टस क्लवका थिन शाही, कमल रावल, नगेन्द्र देवकोटा, क्षितिज बोगटी लगायतको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप