शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

संघीय प्रेसमा जिम्मेवारी बाँडफाड

आइतबार, १७ माघ २०७२, १८ : ००
आइतबार, १७ माघ २०७२

काठमाडौं– संघीय समाजवादी फोरमसँग आबद्ध पत्रकारहरूको संगठन संघीय प्रेस फोरम नेपालमा जिम्मेवारी बाँडफाँड गरिएको छ । हालै सम्पन्न संघीय प्रेसको काठमाडौंमा उपलब्ध केन्द्रीय समिति भेलाले पदाधिकारीहरुको जिम्मेवारी बाँडफाँड गरेको हो ।

जिम्मेवारी बाँडफाँडसँगै संघीय प्रेसले दुई महिने ‘संगठन पुनर्निर्माण तथा जनजागरण अभियान’ आगामी १ फागुनदेखि सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । बैठकमा उपमहासचिव कमन देवानद्वारा प्रस्तुत प्रतिवेदनलाई अनुमोदन गर्दै संघीय प्रेसले दुई महिने संगठन पुनर्निर्माण अभियान सञ्चालन गर्न लागेको हो ।

बैठकले संघीय प्रेसका उपाध्यक्ष सुकदेव चामलिङलाई संगठन विभागको जिम्मेवारी दिएको छ । यसैगरी, प्रचारप्रसार तथा प्रकाशन विभागमा उपमहासचिव कमन देवान, आर्थिक विभागमा मनबहादुर पुनमगर र तालिम तथा प्रशिक्षण विभागमा विजय चाम्लिङलाई जिम्मेवारी सुम्पिएको छ । अनुशासन विभाग र अतिरिक्त क्रियाकलाप विभागमा क्रमशः मनोज यादव र मुकेश मिश्रलाई प्रमुख तोकिएको छ ।

यसैगरी प्रदेशहरुमा पिवी दियाली लिम्बुवान प्रदेश, दीपेन्द्र रुम्दाली किरात प्रदेश, आतिषकुमार मिश्र मधेस प्रदेश, लाक्पा जी. शेर्पा शेर्पा प्रदेश, नातिकाजी महर्जन नेवाः प्रदेश र हुम तमु तमुवान प्रदेश इन्चार्ज तोकिएका छन् ।

‘पार्टी एकीकरणपछि संघीय प्रेसलाई थप ‘एक्टिभ’ गर्न जिम्मेवारी बाँडफाड गरिएको छ,’ बैठकको निर्णयबारे जानकारी गराउँदै संगठन विभाग प्रमुख चामलिङले भने, ‘अब मुख्यगरी संगठन पुनर्गठन र अभिमुखीकरणमा हामी लाग्नेछौं ।’

सो बैठकले संघीय प्रेसको लोगोसमेत परिवर्तन गर्ने निर्णय गरेको छ । यसअघि प्रचलनमा आइरहेको तत्कालीन संघीय प्रेस युनियनको लोगोलाई परिवर्तन गरी एकीकरणको भावनालाई सम्मान गर्नसमेत लोगो परिवर्तन गर्नु परेको चामलिङले जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप