अध्यक्ष र कोषाध्यक्ष हिरासतमा
आइतबार, १७ माघ २०७२, १८ : ५६
सल्यान–अनाधिकृत रुपमा वन फडानीमा संलग्न भएको भन्दै सामुदायिक वन समुहकै २ पदाधिकारीलाई जिल्ला वन कार्यालय सल्यानले हिरासतमा लिएको छ । पेदिखोला सामुदायिक वन समूह छायाक्षेत्र वडा नम्बर–२ का अध्यक्ष यज्ञ बहादुर विष्ट र वडा नम्बर–४ का कोषाध्यक्ष देविलाल विष्टलाई हिरासतमा लगिएको जिल्ला वन कार्यालय सल्यानले जनाएको छ । वनको कार्ययोजना विपरित अनियमित वन फडानी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र थप अनुसन्धान भइरहेको जिल्ला वन कायार्लयका वन अधिकृत विद्यानाथ झाले जानकारी दिए । उनले भने, ‘वनको नियम विपरित उनीहरुले अनावश्यक वन फडानी गरेको पाइएपछि हिरासतमा लगि सोधपुछ गर्ने कार्य भइरहेको छ । यदि दोषी देखिएमा कानुन बमोजिम कारवाही हुन्छ । वनसमूहका पदाधिकारीहरु नै वन फडानीमा लागेपछि उपभोक्ताहरुमा निरासा छाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण