कूरीतिजन्य हिंसा न्यूनीकरणका लागि कानुन बलियो हुनुपर्छ : प्रधानमन्त्री ओली
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले महिला सशक्तीकरण बढाउन स्थानीयस्तरमा विद्यमान कूरीति प्रथाविरुद्धका कानुन बलियो हुनुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रिय महिला आयोगले आज आयोगका काम कारबाहीसम्बन्धी बुझाएको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले सामाजिक र आर्थिकस्तरमा महिला सशक्त हुनुपर्नेमा जोड दिँदै महिला सक्षम हुनसके उनीहरुको न्यायमा पहुँच सहज हुने बताए ।
महिला भएकै कारण उनीहरुमाथि हुने विभेद, हिंसा, बेचबिखनजस्ता कुराको अन्त्यका लागि महिला स्वयम्को क्षमता र सीप अभिवृद्धि गर्नुपर्नेमा उनले जोड दिए ।
आयोगका सदस्य उर्मिला विश्वकर्माले आव २०७१/७२ मा आयोगले गरेका कार्यलाई प्रस्तुत गर्दै आयोगमा आउने हिंसासम्बन्धी निवेदनमा घरेलु हिंसा र महिला हिंसाका निवेदनको सङ्ख्या धेरै रहेको बताए ।
आयोगको तथ्याङ्कअनुसार कूल निवेदनमध्ये ७५।६६ प्रतिशत अर्थात् ३१७ वटा निवेदन घरेलु हिंसाका थिए भने २४।३४ प्रतिशत अर्थात् १०२ वटा महिला हिंसाका निवेदन दर्ता भएका थिए ।
यीमध्ये ६५।१६ प्रतिशत९२७३० घरेलु हिंसाका मुद्दा फछ्र्यौट भएका थिए । यसैगरी २२।९ प्रतिशत अर्थात् ९६ वटा महिला हिंसाका मुद्दा फछ्र्यौट भएका थिए ।
आयोगले बुझाएको प्रतिवेदनमा महिला हिंसा वा घरेलु हिंसा गर्नेलाई पार्टीले राजनीतिक दलको नेता वा उम्मेदवार नदिने प्रावधान बनाउनुपर्ने, संवैधानिक ऐन कानुन बनाउँदा बाध्यकारी ऐन, कानुन बनाउनुपर्ने र राज्यबाट पास भएको ३३ प्रतिशत राजनीतिक दल वा सरकारी संयन्त्रमा लागू हुने नीति निर्माण गर्नुपर्ने सुझाव प्रस्तुत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण