पेट्रोल कालोबजारी गर्ने दुई पक्राउ
आइतबार, १७ माघ २०७२, १९ : २४
काठमाडौं–काठमाडौंको तिलगंगा र तिीनचुलीमा डिजेल, पेट्रोलको कालोबजारी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । फक्राउ पर्नेहरुमा कमल बहादुर तामाङ र शुरेश न्यौपाने रहेका छन् । तिलगंगास्थित आँखा अस्पताल नजिकै रहेको ग्यारेज र तिनचुलीमा रहेको जस्ताको टहरोबाट पेट्रोलियम पदार्थको कालोबजारी गर्दागर्दै उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । उनीहरुको साथबाट १५ सय लिटर पेट्रोल, सात सय लिटरभन्दा बढी डिजेल र एक सय लिटर मट्टितेल बरामद गरिएको अपराध महाशाखाका एसपी सहकुल थापाले जानकारी दिए । एसपी थापाका अनुसार उनीहरुले पेट्रोल प्रतिलिटर २२० र डिजेल १५० रुपैयाँमा बेच्ने गरेका थिए । उनीहरुलाई कालोबजारी विरुद्ध मुद्दा चलाईने थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण