भारतीय नागरिक पक्राउ
वीरगन्ज–प्रतिबन्धित लागुऔषधसहित पक्राउ परेका एक जना भारतीय नागरिकलाई आज यहाँ प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा भारत रक्सौल–१२ निवासी सलमान भाइ उपनाम भएका देवेन्द्रकुमार सोनार रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्राप्त सूचनाका आधारमा प्रहरीले खानतलासी गर्दा शरीरमा लुकाइरहेको अवस्थामा प्रतिबन्धित २८ ग्राम खैरो हेरोइनसहित प्रतिबन्धित लागुऔषध नर्फिन ११०, डाइजोपाम ११० र फेनारगन ११० गरी कुल ३३० थान इन्जेक्सनसहित उनलाई वीरगन्ज–१९ नगवाबाट शुक्रबार पक्राउ गरिएको हो ।
सीमावर्ती भारतीय सहर रक्सौलमा लागुऔषध खरिद गरेर नेपाल भित्र्याउन लागेका अवस्थामा उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका सोनारलाई कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको पर्साका प्रहरी उपरीक्षक राजबाबु श्रेष्ठले बताए ।
भारतका मुजफ्रपुर र मोतिहारीलगायतका विभिन्न ठाउ“बाट लागुऔषध खरिद गरी रक्सौलमा सोनारले सञ्चालन गर्दै आएका मा“ दुर्गा ड्रग एजेन्सीमा भण्डारण गर्ने र त्यहा“बाट वीरगन्ज, हेटौंडा, पोखरा, भक्तपुर र काठमाडौँलगायतका सहरमा पठाउने गरेको दाबी प्रहरीको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण