पवित्र धाममा आक्रमण हुँदा पैतालिसको मृत्यु एक सय दश घाइते
आइतबार, १७ माघ २०७२, १९ : ५२
सिरिया–सिरियाको राजधानी दमास्कसको दक्षिण क्षेत्रमा अवस्थित सिया समुदायको धार्मिक आस्थाको केन्द्रमा आइतबार विस्फोट गराउँदा कम्तिमा ४५ जनाको मृत्यु भएको छ ।
उक्त घटनामा ११० जनाभन्दा बढी घाइते भएको पनि बताइएको छ ।
सिरियाको साना न्यूज एजेन्सीले यसअघि उक्त घटनामा परी ३० जनाको मृत्यु भएको जनाएको थियो ।
सो घटनाका गम्भीर प्रकृतिको चोटबाट ग्रस्त घाइतेहरुको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको अस्पताल स्रोतले जनाएका र मृतकको सङ्ख्यामा वृद्धि हुनसक्ने बताइएको छ ।
एउटा कारबम र दुई आत्मघाती विस्फोट सिया धार्मिक केन्द्रमा भएका र यी विस्फोटका घटना सिरियाको सत्ताधारी दल र प्रतिपक्षी दल संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा हुने भनिएको वार्ताका लागि जेनेभा पुगेका बेला भएका छन् ।
विस्फोटको तत्कालै कसैले जिम्मा लिइनसकेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण