सागको लागि नेपाली फुटबल टोलीको घोषणा
काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले भारतको गवाहाटीमा हुन लागेको दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलतर्फ राष्ट्रिय टोलीको घोषणा गरेको छ ।
आज घोषणा गरिएको २० सदस्यीय टोलीमा कप्तान विराज महर्जन, विक्रम लामा र नवयुग श्रेष्ठ गरी तीन खेलाडी २३ वर्ष माथिका छन् ।
अन्य युवा खेलाडीमा विकेश कुथू, एलान न्यौपाने, अमृत चौधरी, आदित्य चौधरी, अनन्त तामाङ, दिनेश राजबंशी, मनबहादुर तामाङ, कमल श्रेष्ठ, विशाल राई, हेमन गुरुङ, जगजित श्रेष्ठ र प्रकाश बुढाथोकी छन् ।
त्यस्तै, अञ्जन विष्ट, विमल घर्ती मगर, रञ्जन विष्ट, सुमन लामा र सुनिल बल पनि टोलीमा अटाएका छन् ।
त्यसैगरी, टोलीको मुख्य प्रशिक्षकमा राजुकाजी शाक्य, गोलकिपिङ प्रशिक्षकमा मृगेन्द्र मिश्र तथा व्यवस्थापकमा विराटजङ्ग शाही छन् ।
नेपाल रहेको समूह बी मा बङ्गलादेश र भुटान समावेश छन् । नेपालले पहिलो खेल आगामी माघ २४ गते भुटान तथा २८ मा बङ्गलादेशसँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण