करिब दश हजार आप्रवासी बालबालिका बेपत्ता
आइतबार, १७ माघ २०७२, २० : ५१
नेदरल्यान्ड–युरोपमा विभिन्न मुलुकबाट युरोप आइपुगेका र आफ्ना अभिभावकको सहारा नपाएका करिब १० हजार बालबालिका बेपत्ता भएको युरोपेली युनियन प्रहरी संस्था युरोपोलले आइतबार जनाएको छ ।
युरोपालले बेपत्ता मानिँदै आएका कैयौँ बालबालिकालाई यौनजन्य गतविधिमा प्रयोग गरिँदै आएको हुनसक्ने बताएको छ ।
युरोपोलको सञ्चार कार्यालयले यो तथ्याङ्कबारे अन्तर्राष्ट्रिय समाचार संस्था (एएफपी) लाई पुष्टि गर्दै जानकारी गराएको र यो बेलायती पत्रिका ‘द अब्जरर्भर’ मा प्रकाशित भएको बताइएको छ ।
युरोपोलका कर्मचारी प्रमुख ब्रेन डोनाल्डले युरोपमा आइसकेका र शरणार्थीको दर्ता प्रक्रियामा परे पनि यसपछि उनीहरुको स्थिति अज्ञात रहेको बताए ।
हामीले १० हजारभन्दा बढी हराएका बालबालिकाको खोजी गर्नु अन्यथा हुने छैन भन्दै डोनाल्डले भने, यसरी युरोप प्रवेशपछि हराएका बालबालिकामध्ये पाँच हजार इटालीबाटै बेपत्ता भएका छन् ।
हराएका सबै बालबालिकालाई यौनजन्य अपराधमा प्रयोग गरिएको भन्ने नभए पनि उनीहरुको अवस्था हामीहरुलाई थाहा छैन, डोनाल्डले थपे ।
केही बालकालिका युरोप छिर्ने क्रममा आफ्ना अभिभावकबाट छुट्टिए पनि पुनः अभिभावकको सम्पर्कमा आएको हुनसक्ने युरोपोलको भनाई छ । तर यस सम्बन्धमा आधिकारिक तथ्याङ्क केही नभएको डोनाल्डले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण