आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

भारतसँग नेपाल ७ विकेटले पराजित, समूह उपविजेता बन्दै क्वाटरफाइनलमा

सोमबार, १८ माघ २०७२, ०९ : २१
सोमबार, १८ माघ २०७२

मिरपुर – आफ्नो अन्तिम खेलमा भारतसँग ७ विकेटले पराजित हुँदै नेपाल समूहको उपविजेतामा सिमित बनेको छ । यु–१९ विश्वकप यु १९समूह डी अन्तरगत समेमबार भएको खेलमा नेपाल भारतसँग पराजित भएको हो । टस हारेर पहिलो ब्याटिङ गर्दै नेपालले प्रस्तुत गरेको १ सय ७० रनको चुनौती भारतले केवल १८.१ ओभरमा पछ्यायो । भारतका लागि रिसब पन्तले सर्वाधिक ७८ रन तथा कप्तान इशान किसनले ५२ रनको योगदान दिए । निकै आक्रमक रुपमा उत्रिएको भारतले पहिलो विकेटका लागि केवल ९.१ ओभरमा एकसय २४ रन बनाएको थियो ।

नेपालका लागि प्रेम तामाङले २ तथा सन्दीप लामिछानेले १ विकेट लिए ।

हुस्सुका कारण ढिला शुरु भएको खेल ४८ ओभरमा छोट्याइएको थियो । बाक्लो हुस्सु लागेपछि मिरपुरमा रहेको शेरे बंगला राष्ट्रिय रंगशालामा हुने भनिएको खेल स्थानीय समय अनुसार ९:३० बजे मात्र शुरु गरिएको थियो । भारतले टस जितेर पहिलो फिल्डिङ्ग गर्ने निर्णय गरयो र नेपाललाई पहिलो ब्याटिङ गर्न पठायो । नेपालको शुरुवात राम्रो हुन सकेन । ५ रन बनाएको स्थितिमा पहिलो ओभरमा नै ओपनर सुनिल धमलालाई शुन्य रनमा नेपालले गुमायो । त्यसपछि २४ रनको स्थितिमा नेपालले योगेन्द्र सिंह कार्कीलाई दोस्रो विकेटका रुपमा गुमायो । कार्कीले ७ रन बनाए । त्यसपछि पनि नेपालले लगातार विकेट गुमाउँदै गयो । नेपाललाई सम्मानजनक स्कोरमा पुर्याउन सन्दीप सुनारले ३७ रन, राजवीर सिंहले ३५ रन तथा आरिफ शेखले २६ रनको योगदान दिए । खेलको अन्त्यतिर प्रेम तामाङले डटेर खेल्दै २९ रन बनाए । निर्धारित ४८ ओभरमा नेपालले ८ विकेटको नोक्सानीमा १ सय ६९ रन बनायो । नेपाललाई सस्तोमा रोक्ने क्रममा भारतका लागि अभेस खानले ३ विकेट लिए भने मयंक डगर र वासिंगटन सुन्दरले २–२ विकेट लिए ।

नेपालले अब समूह ए को विजेतासँग क्वाटर फाइनलमा भिड्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप