रोनाल्डोको ह्याट्रिकको मद्दते एस्पानियोलको पोस्टमा रियलको आधा दर्जन गोल
सोमबार, १८ माघ २०७२, १० : ०२
म्याड्रिड – क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको मद्दतले रियल म्याड्रिडले एस्पानियोललाई पराजित गर्दै शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दुरी ४ अंकमा झारेको छ ।
घरेलु मैदानमा भएको खेलमा रियलले पहिलो १६ मिनेटमा नै तीन गोल गरेको थियो । करिम बेन्जेमाले रियललाई अग्रता दिलाए भने त्यसपछि रोनाल्डो र हामेज रोड्रिगेजले गोल थप्दै रियलको अग्रता फराकिलो बनाए ।
पहिलो हाफको अन्तयतिर रोनाल्डोले एक गोल थप्दै रियलको अग्रता ४–० बनाए ।
खेलको दोस्रो हाफको अन्तयतिर रोनाल्डोले अर्को गोल थप्दै ह्याट्रिक पूरा गरे । यो सिजन उनको ला लिगामा १९ औं गोल हो । ओस्कार डुआर्टेले खेलको ८६ औं मिनेटमा आत्मघाती गोल गरेपछि रियल ६–० ले विजयी बन्यो ।
अघिल्लो खेलमा १–१ को बराबरीमा रोकिएको रियलले उत्कृष्ट नतिजा निकाल्दै बार्सिलोनामाथि दबाब कायम राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण