कांग्रेसमा नातिदेखि बाजे उमेर समुहका सर्वसम्मत चयन
मुगु– नेपाली काँगे्रसको महाधिवेशनका लागि माघ १५ गतेबाट सुरु भएको गाउँ अधिवेशनबाट नातिदेखि बाजे उमेर समूहका गाउँ सभापतिहरू निर्वाचित भएका छन् ।
नेपाली काँगे्रस मुगु जिल्ला कार्यसमितिका सभापति ऐनबहादुर शाहीका अनुसार मुगु जिल्लामा रहेका २४ गाविसमध्ये गाउँ अधिवेशन सम्पन्न भएका आजसम्म प्राप्त नतिजाअनुसार कार्कीवाडा गाविसका सबैभन्दा कान्छा उमेरका २५ वर्षीय विष्नबहादुर भाम र श्रीनगर गाविसका ६५ वर्षीय नरबहादुर रावल बाजे उमेरका निर्विरोध सभापतिमा निर्वाचित भएका छन् भने जिल्लाभरिमा रोवा गाविसमा मात्र एक महिला सभापति ३९ वर्षीया नानी बुढा सर्वसम्मत चयन भएकी छन् ।
उमेर समूहका आधारमा हेर्दा २५–३० वर्षभित्रका तीनजना ३०–४० वर्षभित्रका चारजना, ४०–५० वर्षभित्रका नौजना, ५०–६० वर्षभित्रका पाँचजना र ६०–७० वर्षभित्रका तीनजना गाउँ सभापति निर्विरोध निर्वाचित भएका छन् भने ११ सदस्यीय गाउँ तथा वडा कार्यसमितिमा प्रायः २५ देखि ४५ वर्षभित्रका पदाधिकारीहरूको बाहुल्यता रहेको छ ।
यस आँकडालाई हेर्दा पनि गाउँ नेतृत्वमा सबै तह युवा, मध्य युवा र ज्येष्ठ नेतृत्वको प्रतिनिधित्व भएको छ । योभन्दा पनि अर्को रोचक कुरा सबै गाविसमा गाउँ, वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरू सर्वसम्मत अर्थात् निर्विरोध निर्वाचित भएका छन् जबकि देशभरको गाउँस्तरको अधिवेशनमा अधिक ठाउँमा निर्वाचन, झडप, पक्ष विपक्ष बुथ कब्जा र यहाँसम्मकी नेतृत्व आफ्नो गुटमा पार्न खुकुरी हानाहानसम्म भएका घटना बाहिर आएका छन् । तर मुगुमा शान्तिपुर्ण निर्वाचन सम्पन्न भएको सभापति शाहीले बताए ।
मुगु जिल्लामा निर्वाचनका लागि खटिएका अधिवक्ता एवम् नेपाली काँग्रेस मुगु जिल्ला मुख्य निर्वाचन अधिकृत दमनराज बम मुगुका चौबीसै गाउँ कार्यसमिति, २१६ वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरू सर्वसम्मत चयन भएकामा आफू अचम्मित परेको बताउँछन् – “मुगु जिल्लाले त अन्य ७४ जिल्लालाई पाठ सिकायो । चुनाव नभएका कुनै जिल्ला छैनन् तर मुगुमा सबै नेतृत्व निर्विरोध चयन भए ।
पूर्व शिक्षा राज्यमन्त्री एवम् श्रीनगर गाविसबाट सर्वसम्मत क्षेत्रीय प्रतिनिधिमा निर्वाचित हस्तबहादुर मल्ल गाउँस्तरमा जस्तै जिल्ला नेतृत्वका लागि पनि सर्वसम्मत चयनको प्रयास हुने बताउँछन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण