शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

‘सञ्चार उद्यमी’ ढुङ्गेल पक्राउ

सोमबार, १८ माघ २०७२, १० : ५८
सोमबार, १८ माघ २०७२

झापा– झापाबाट लाखौँ रुपैयाँ ठगी गरेर फरार भएका सञ्चार उद्यमी चर्चित ढुङ्गेल भनिने चन्द्रप्रसाद ढुङ्गेल सुनसरीको इटहरीबाट पक्राउ परेका छन् ।

दुवागढी–४ चारआलीमा शुभलारी मिडिया प्रालिद्वारा सञ्चालित ग्लोवल एफएम ९५.४ मेघाहर्जका सञ्चालक ढुङ्गेल गत जेठबाट फरार भएका थिए । उनले रोजगारी दिने बहानामा युवालाई जागिर दिने सम्झौता गरी रु २० हजारदेखि रु एक लाखसम्म सातजनाबाट ठगी गरेको भन्दै उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय, झापा र इलाका प्रहरी कार्यालय दमकमा उजुरी परेको थियो ।

उजुरी परेलगत्तै प्रहरीले उनलाई इटहरीबाट पक्राउ गरेको इप्रका इटहरीका प्रहरी नायब उपरीक्षक ओम अधिकारीले जानकारी दिए । उनले झापाको दमक प्रहरीमा ठगी गरेको उजुरी परेको आधारमा ढुङ्गेललाई पक्राउ गरिएको बताए । पक्राउ परेका ढुङ्गेललाई आइतबार साँझ दमक प्रहरीकै जिम्मा लगाइएको बताइएको छ ।

झापासहित मेची अञ्चलका २० जनाभन्दा बढीबाट लाखौँ रुपैयाँ ठगी गरेका उनले इटहरीमा पनि ठगी गरेको उनीमाथि आरोप छ ।

लाइभ रेडियो नेटवर्क प्रालिको नाममा ढुङ्गेलले एफएममा जागिर खान चाहनेसँग धरौटी उठाएर दमकमा पनि उनले ठगी गरेको उजुरी परेको बताइएको छ । ढुङ्गेलले पछिल्लो समय इटहरीको एक एफएममा वार्षिक रु पाँच लाख तिर्ने गरी लिखित सम्झौता गरेर तालिम सञ्चालन गर्न थालेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप