शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

मधेस आन्दोलनका कारण गाविस सचिवहरु सदरमुकाममा

सोमबार, १८ माघ २०७२, ११ : २४
सोमबार, १८ माघ २०७२
सिरहा– मधेस आन्दोलनका कारण ग्रामिण क्षेत्रमा काम गर्ने वातावरण नरहेको भन्दै सिरहाका अधिकांश गाविस सचिवहरु सदरमुकाम सिरहामै बसेर काम गरिरहेका छन् । जिल्ला विकास समितिको छेउछाउमा कोठा भाडामा लिई गाविसको कार्यालय सञ्चालन गरिरहेका हुन् ।आन्दोलनकारीहरुले गाविस कार्यालयमा तालाबन्दी गरेको र त्यो हालसम्म पनि नखुल्दा गाउँ फर्किन समस्या भएको सचिवहरुको भनाई छ । गाविस सचिवहरु सदरमुकाम केन्दित हुदा स्थानीय सेवाग्राहीहरु सेवा लिन सदरमुकाममै पुग्न बाध्य भएका छन् । मंसिर महिनामा जेष्ठ नागरिक, एकल महिला लगायतका सामाजिक सुरक्षाका लागि नविकरण तथा नया दर्ताको लागि आवेदन संकलन गर्ने हुँदा सबैभन्दा बढी सास्ती उनीहरुले नै पाएका छन् । घरमा बसी आराम बस्ने गर्ने उमेरमा सिरहामा आई सचिवहरुलाई खोज्दै हिँड्नुपरेको कर्जनहा बाट आएकी एक वृद्धले गुनासो गरिन् । सचिव खोज्दै भौतारिरहेकी उनलाई कुन कार्यालय कता भन्ने बताइदिने समेत कोही थिएन । सवारी सञ्चालन नभएको अवस्थामा सिरहाका विभिन्न ग्रामीण क्षेत्रबाट अहिले गाविस सचिव खोज्दै सदरमुकाम सिरहा आउने सेवाग्राहीहरु सास्तीमा पर्ने गरेका छन् ।साईकल र पैदल समेत सिरहा आईपुगेका यस्ता सेवाग्राहीहरुलाई उनीहरुकै गाउँ–ठाउँमा सेवा उपलब्ध गराउन स्थानीय प्रशासनले समेत कुनै पहल गरेको छैन । अहिले स्थानीय निकायहरुलाई भ्याई नभ्याई हुने महिनामा काम गर्न नपाएको गाविस सचिवहरुकै गुनासो समेत रहेको छ । प्रथम चौमासिक रकम गाविसका बार्षिक योजना संकलन र परिषद समेतको तयारी गर्ने अवस्थामा गाविस जाने वातावरण नभएको गाविस सचिव हकहित संरक्षण केन्द सिरहाका अध्यक्ष बलिराम यादवले बताए । अधिकांश गाविसमा तालाबन्दी गराएको र केहीमा स्थानीयहरुकै पहलमा ताला खोलिए पनि गाउँ जाने वातावरण नभएको यादवको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप