शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

कम्प्यूटर पसलमा आगलागी, लाखौंको क्षति

सोमबार, १८ माघ २०७२, ११ : ५५
सोमबार, १८ माघ २०७२

सिरहा– सिरहाको गोलबजार नपा–६ स्थित एक कम्प्यूटर पसलमा आगलागी भएको छ । सुधिर इन्टर प्राइजेजमा गएराती आगलागीहुँदा ४० लाख भन्दा बढीको क्षति भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । आगलागीबाट चार लाख १५ हजार नगद, विक्रिको लागि राखिएको चार सेट सीसी क्यामेरा, ल्यापटप, कम्प्यूटरका पार्टपूर्जा लागाएतका सामाग्री जलेर नष्ट भएको संचालक सुधिर साहले जानकरी दिए । आगलागी रहस्यमय भएको संचालक साहले बताउनु भएको छ भने प्रहरीको प्रारम्भिक अनुसन्धानले विद्युत सर्ट भएर आगोलागेको बताएको छ । विद्युत सर्ट भएको भनीएपनि विद्युत सर्टभएर आगोग्न सक्ने ठाउँहरुको विद्युतिय सामग्रीमा कुनै क्षति नपुगेको बताइएको छ । यता रातभर विद्युत नरहेको कारण पनि विद्युत सर्ट नभएको जिकिर संचालक साहले गरेका छन् । आगो स्थानीय वासीन्दा र प्रहरीले नियन्त्रणमा लिएको थियो । घटनाको थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरिक्षक सन्तोष निरौलाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप