शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

किसानलाई गाउँदेखि विदेशसम्म तालिम

सोमबार, १८ माघ २०७२, १२ : ४२
सोमबार, १८ माघ २०७२
काठमाडौं– कृषि विकास मन्त्रालयले कृषिमा आत्मनिर्भर बनाउनका लागि किसानलाई विदेशसम्म तालिम दिएर दक्ष बनाउने भएको छ । गाउँबाट तालिम दिन शुरु गरेर उत्कृष्ट काम गर्नेलाई विदेशसम्म पठाएर तालिमको व्यवस्था गरीने कृषि विकास मन्त्रालयले योजना बनाएको छ । आगामी चैत्रबाट सेवाकेन्द्रबाट तालिमको शुरुवात गरी उत्कृष्ट हुनेलाई छनौटको आधारमा विदेशसम्म पठाउने व्यवस्था मिलाउने कृषि विकास मन्त्री हरीबोल प्रसाद गजुरेलले बताए । ‘चैतभित्र तीन सय ७८ वटै सेवा केन्दबाट तालिम दिन्छौँ, मधेश, पहाड र हिमालमा किसानलाई अके के आवस्यक छ हेरेर ’ गजुरेलले भने ‘जिल्लाबाट राम्रो गरेर छनौट भएकालाई क्षेत्रमा, क्षेत्रबाट राम्रो गरेकालाई केन्द्रमा दिने र केन्द्रबाट पनि राम्रो गरेकालाई अन्तराष्ट्रिय तालिममा पठाउने योजना छ ।’ कृषि मन्त्रालयले दुई महिना अघि जारी गरेको २७ बुँदे प्रतिवद्धता अनुसार ६ वटा उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाउने अभियान अन्तर्गत यस्तो तालिम दिने व्यवस्था गर्न लागेको हो । चैते धान, बर्खेधान, मकै, कोदो, फापर र आलु यति ५ वटामा आत्मनिर्भर हुने गरी अभियान बनाएर लैजाने अभियान अन्तर्गत चैतदेखि नै किसानलाई तालिम दिन शुरु गरीने उनले बताए । विगतमा तालिम तालिमका लागि मात्र हुने भएकोले अव तलिम गर्नेले काम नगरेमा पैसा फिर्ता गर्नुपर्ने नियम बनाउन लागिएको पनि उनले बताए । ‘चैतभित्र सबै सेवाकेन्द्रमा तलिम दिने तर तलिम लिएपछि एकवर्षभित्र खेती गर्छु भन्नेलाई मात्र दिने ’ उनले भने ‘काम नगर्नेले पैसा फिर्ता गर्नुपर्छ ।’ अन्तराष्ट्रिय रुपमा तालिम लिन किसन र विज्ञहरुलाई संगसंगै पठाउने योजना रहेको पनि उनले बताए । नेपाली किसानले विदेशी प्रविधी र सिप सिक्ने र विदेशीलाई पनि नेपालको रैथाने जातको विकासका लागि तालिम दिईने योजना रहेको कृषि मन्त्रालयको योजना छ । अन्तराष्ट्रिय रुपबाट कृषि क्षेत्रमा सहयोगका लागि आईरहेका दाताहरुलाई नेपाली रैथाने कृषि उपजको बारेमा तालिम दिएर यसको विकासका लागि पनि जोड दिईने मन्त्री गजुरेलले बताए । ‘यसलाई विशेष अभियान सहित अगाडी बढाउँछौँ ।’ उनले भने, ‘अनि विज्ञहरुलाई यहिँ नेपालमै बोलाएर पनि तालिम दिने व्यवस्था पनि गर्छौँ ।’ आत्मनिर्भर अभियानका लागि मन्त्रालयले आईतबार देखि चैते धानको सिँचाईको विषयमा सिँचाई मन्त्रालयमा छलफल सुरु गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप