पेट्रोलियम पदार्थ कालोबजारी गर्ने पक्राउ
काठमाडौँ– काठमाडौँ उपत्यका लगायतका विभिन्न स्थानहरुमा अति आवश्यक पेट्रोलियम पदार्थ जम्मा गरी नाफाखोरी गर्ने उद्धेश्यले लुकाई छिपाई राखी नेपाल सरकारले तोकेको दररेट भन्दा अत्यधिक वढी मुल्य लिई विक्री गरी कालोवजारी गर्ने कार्यमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा तिलगंगा बस्ने धादिङ आरुघाट–१ घर भएका १७ बर्षीय सुरेश न्यौपाने, बौद्ध बस्ने काभ्रे बल्देफेदी–१ घर भएका ३६ बर्षीय कमल तामाङ, नयाँबसपार्क बस्नेहरु नुवाकोट खड्भन्ज्याङ–५ घर भएका ४६ बर्षीय लाल बहादुर श्रेष्ठ, रुपन्देही मधौलिया–१ घर भएका ३३ बर्षीय जनक महत, ईलाम एकतप्पा–३ घर भएका ४२ बर्षीय चन्द्र बहादुर श्रेष्ठ र बर्दीया गोला–३ घर भएका २४ बर्षीय कमल चौधरी रहेका छन् ।
महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–९ तिलगंगाबाट १ हजार लिटर पेट्रोल र ७ सय ५० लिटर डिजल, १५ लिटर मट्टितेल तथा काठमाडौँ महानगरपालिका–६ बौद्दबाट ५ सय ५० लिटर पेट्रोल र १ सय लिटर मट्टितेल तथा गोंगबु नयांबसपार्कबाट डिजेल ३ सय ८५ लिटर, पेट्रोल १ सय लिटर सहित उनीहरुलाई आइतबार पक्राउ गरेको हो । निजहरु कालोबजारी ऐन अन्तर्गत आवश्यक अनुसन्धान एवं कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाइएको छ ।
यसैगरी महानगरीय प्रहरी बृतस्वयम्भूबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–१५ स्वयम्भू भगवानपाउ डेरा गरी बस्ने पर्सा सुवर्णपुर–६ घर भएका ३८ बर्षीय पासाङ लामा र ५५ बर्षीय पञ्चलाल वाईवालाई प्रति लिटर २३० मा पेट्रोल र १५० रुपैयामा मट्टितेल बिक्री बितरण गरीरहेको अवस्थामा आइतबार पक्राउ गरेको छ । यस्तै ग्याँसको कालोबजारी गरेको अभियोगमा ललितपुर उपमहानगरपालिका–१७ ईमाडोलमा पसल गरी बस्ने दोलखा घर भएका ३९ बर्षीय रामशरण खरेललाई प्रहरीले पक्राउ गरेको छ । खरेलले पसलमा ग्याँस कालो बजारी गरेको सूचना प्राप्त हनासाथ महानगरीय प्रहरी बृत सातदोवाटोबाट खटिएको प्रहरी टोलीले उनलाई १० थान नेपाल ग्याँसको सिलिण्डर सहित पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण