वसन्त पञ्चमीको आगमनसंगै मुर्तिकारहरुलाई भ्याइनभ्याई
जलेश्वर –फाल्गुन १ गते हुने सरस्वती पुजा नजिकिदै जाँदा मुर्तीकारहरुलाई भ्याईनभ्याई भएको छ । स्थानिय मुर्तिकारहरु अचेल सरस्वतीको कलात्मक मुर्ती निर्माणमा व्यस्त छन् । विद्यार्थीहरुले हर्सोल्लासका साथ मनाउने वसन्त पञ्चमी समेत भानिने यो पर्वमा जिल्लाका प्राय सवै विद्यालय लगायतका शैक्षिक संस्थाहरुमा माता सरस्वतीको मुर्ती आवश्यक पर्ने हुदा मुर्तिकारहरु व्यस्त भएका हुन् । मुर्ति निर्माणका लागि आवश्यक माटो,रंग र सजावटका सामग्रीहरु भित्राईसकेका मुर्तिकारहरु भने मुर्ति निर्माणबाट आफु सन्तुष्ट भएको बताउछन् । पुर्खौ देखि मुर्ति निर्माण गर्दै आएका कोल्हुवा वगेया ८ निवासी रुपेश पण्डितले आफ्ना वुवा र हजुर वुवाले सिकाएको गुणले आत्मनिर्भर बनाएको बताउँदै मुर्ति निर्माणवाटै वार्षिक दुई तिन लाख बचत हुने गरेको सुनाए ।
सरस्वती पुजामा मात्रै चालिस जति मुर्ति निर्माण गरेका रुपेशले बताए । उनले मूर्ति बेचेर मात्रै १ लाख जतिको आम्दानी गर्ने लक्ष्य राखेका छन् भने भारतवाट मुर्ति सजावटका सामान ल्याउदा भने भन्सारमा अप्ठयारो हुने गरेको गुनासो गरे ।
एउटा मुर्तिको १२ सय देखि १५ हजारसम्म पर्ने मुर्तिकरहरु बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण