भैरहवाबाट धिताल विजयी
भैरहवा– आशन्न नेपाली कांग्रेस १३ औं अधिवेशनमा सिद्धार्थ नगर नगरपालीका भैरहवाको नगर सभापतिमा दिलीप धिताल निर्वाचीत भएका छन् । सभापतिका अर्का उम्मेदवार तिलक ज्ञवालीलाई २८ मतले पछि पार्दै घिताल सभापतिमा निर्वाचीत भएका हुन् ।
नेपाली कांग्रेस भैरहवामा रहेको क्रियाशिल सदस्यहरु मध्ये ७ सय ४४ जनाले मतदान गरेकोमा धितालले ३ सय ५० मत प्राप्त गरे भने उनका प्रतिद्धन्द्धी ज्ञवालीले ३ सय २२ मत ल्याएका थिए । यसै गरि खसेको मल मध्ये ७२ मत बदर भएको निर्वाचन समितिले जानकारी दिएको छ । यसै गरि नगर कोषाध्यक्षमा राजकुमार गुप्ता निर्वाचित भएका छन् । गुप्ता अर्का प्रत्यासी नारायण न्यौपानेलाई २२ मतले हराउदै कोषाध्यक्षमा निर्वाचीत भएका हुन् । गुप्ताले ३ सय ३८ मत प्राप्त गरे भने उनका प्रतिद्धन्द्धी न्यौपानेले ३ सय १६ मत प्राप्त गरेका थिए । सचिवमा भने संजीव शर्मा रेग्मी निर्वीरोध निर्वाचीत भएका थिए । नेपाली कांग्रेसका सिद्धार्थ नगर नगर पालिकाको नगर सदस्यहरुमा कृष्णा कुमारी राना (४ सय ९), टिकाराम भट्टराई(३ सय ९८), सगंम न्यौपाने (३ सय ९३), यम बहादुर थापा माईला(३ सय ७०), निरज शर्मा(३ सय ४०), प्रीतम रौनीयार(३ सय ३६), सुमीत प्रधान(२ सय ७६) र दिपक श्रेष्ठ(२ सय ६६) निर्वाचीत भएका छन् । ८ जना सदस्य पदकोलागी १६ जनाको उम्मेदवारी परेको थियो । कार्यसमितिको लागी चाहिने अन्य पदहरु उपसभापति, एक जना सचिव लगायतका पदहरु निर्वाचित सदस्यहरुबाट मनोनयन हुने ब्यावस्था रहेको छ । यसै गरि आईतबार नै सम्पन्न भएको नगरबाट क्षेत्रीय प्रतिनीधीहरु भने निर्वीरोध चयन भएका थिए । आदिबासि जनजातीबाट निधान चन्द्र श्रेष्ठ, थम्मन पुन र तुलाराम गुरुङ्ग निर्वाचीत भएका छन् । दलीतबाट गोपाल कृष्ण बिक, राजकुमार घिमीरे र रामकीसन बिश्वकर्मा तथा अल्पसनंख्यक , मुस्लिमबाट फकररुद्धीन अहमद निर्वारोध निर्वाचीत भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण