शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फागुन तेस्रो हप्ताभित्रै जाजरकोटलाई साक्षर घोषणा गरिने

सोमबार, १८ माघ २०७२, १४ : १७
सोमबार, १८ माघ २०७२

जाजरकोट–यहाँको जिल्लालाई फाल्गुन २१ गते भित्र साक्षर जिल्ला घोषण गरिने भएको छ । अनौपचारिक शिक्षा समिति र सरोकारवाला विच आईतवार भएको एक छलफलले फाल्गुन २१ गते भित्र साक्षर जिल्ला घोषणा गरिने निर्णय भएको हो । साक्षर घोषणका लागी सहायक जिल्ला शिक्षा अधिकारी कृष्णराज चिलुवालको अध्यक्षतामा ९ सदस्य विशेष कार्यदल गठन गरिएको शाखा अधिकृत यज्ञश्वार खत्रीले जानकारी दिए । जिल्ला शिक्षा कार्यालयले २०६८ मा गरेको सर्वेक्षण अनुसार १५ वर्ष भन्दा माथिका ४२ हजार २ सय १४ जना निरक्षर रहेको जिल्लामा हाल सम्म चलाईएको साक्षरता अभियानले १५ वर्ष भन्दा माथि उम्मेर समुहका ४० हजार २ सय ८४ जना साक्षर रहेको तथ्याङक निकालिएको छ । समग्र जिल्लामा ९५.३ प्रतिशत साक्षरता रहेको जिल्ला शिक्षा कार्यालयको तथ्याङक छ । साक्षर गाविस घोषणा हुन जिल्लाको अन्तिम वाँकी गाविस डाडाँगाउँलाई यही माघ २१ गते साक्षर गाविस घोषण गर्ने कार्यक्रम तय गरिएको गाविस सचिव धनीराम कुमाईले जानकारी दिएका छन् । जिल्लाकै पहिलो साक्षर गाविस घोषणा भएको गाविस रामीडाडाँ हो भने अन्तिम गाविस डाडाँगाउँ हुने भएको छ । मानव विकास सुचाङकका हिसावले ६८ औं स्थानमा रहेको जिल्ला २०६६ र २०७२ कै सुरुवातमा भएको महामारीले राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय स्तरमा चर्चामा आएको जिल्ला खुल्ला दिसामुक्त जिल्ला र साक्षर जिल्ला घोषणा गरेर राष्ट्रिय स्तरमै सकारात्मक सन्देस दिन सक्ने जिल्लावासीले आशाा गरेका छन् । हेमन्त के सी जाजरकोट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप