मलेसियाले बढायो बिदेशी कामदारको लेबी
क्वालालम्पुर–मलेसिया सरकारले बिदेशी कामदारबाट उठाउंदै आएको लेबी शुल्क बृद्धि गरेको छ । यसको मार यहां काम गर्ने नेपाली सहित ८ मुलुकका लाखौ कामदारलाई पर्ने छ । मलेसियाले लेबिलाई २ प्रकारले बर्गिकरण गरेको छ । लेबी सम्बन्धि प्राबधान मलेसियन नागरिकको हकमा भने लागु नहुने उपप्रधानमन्त्रि दातुक श्री अहमद जाहीद हामिदीले बताए । नेपाली कामदारको हकमा विनिर्माण, निर्माण र सेवा अन्र्तगत अब हरेक बर्ष प्रतिब्यक्ति २५ सय आरएम लेबि सहित अन्य केहि अतिरिक्त शुल्क गरि २७ सय ५ आरएम तय भएको छ । यसै गरि कृषि र बृक्षारोपण अन्र्तगतका नेपाली कामदारले बार्षिक १५ सय आरएम लेबी र अन्य अतिरिक्त शुल्क सहित १७ सय ५ आरएम तिर्नु पर्ने छ । होस्टेलको लागी कम्पनिहरुले यस अघि जस्तै अलग्गै शुल्क असुल्ने छन । होस्टल शुल्क ५० आरएम भनेर सरकारले नै तोकिदिएको छ । कतिपय कम्पनिले बिजुली पानिको शुल्क नलिए पनि अधिकांश कम्पनिले त्यसको पनि छुट्टै शुल्क असुल्ने गर्दछन् । बृद्धि भएको लेबि यस अघि तिर्दै आएको लेबिसंग तुलना गर्दा दोब्बर भन्दा पनि बढी हुन आउँछ । शुल्क फेब्रुवरी १ अर्थात आजैदेखि लागु गरिएको यहाका उपप्रधानमन्त्रि हामिदीले घोषणा गरे । मलेसियाले आगामी जुलाई देखि लागु हुने गरि १ हजार वेशीक बनाउंदै छ । अहिले ९ सय वेसिकमा लाखौ नेपालीले यहां काम गरिरहेका छन् । तलब बढ्नु भन्दा पहिले लेबि बढाईएको हो । बृद्धि गरिएको लेबि शुल्कबाट राज्यलाई बार्सिक् २. ५ अरब डलर मुनाफा हुने उपप्रधानमन्त्रि हामिदीले बताए । मलेसियामा २१ लाख ३५ हजार बैधानिक कामदार रहेको यहांको सरकारी संचार माध्यम बर्नामाले खबर छापेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण