शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीले धुर्मुससँग सुटुक्क भने, ‘ मेरो उछितो काढ्नुको कारण थाहा पाएँ' (भिडियोसहित)

सोमबार, १८ माघ २०७२, १४ : ३०
सोमबार, १८ माघ २०७२

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली धुर्मुस सुन्तली एकिकृत नमुना बस्ती हेर्न काभ्रे डाँडा गाउँस्थीत पहरी बस्ती पुगे । भूकम्प गएको चार महिना नबित्दै निर्माण सम्पन्न भएको एकिकृत बस्तीमा उनी नौ महिना पछि पुगेका हुन् । विकट बाटो हुँदै बस्तीमा पुगेका उनले धुर्मुस सुन्तलीले गरेको कामको उच्च प्रशंसा गरेका छन् । १८ परिवारका लागि निर्माण गरिएको बस्तीलाई फन्को मार्दै उनले बस्तीको अवधारणा, मोडल र पहरी समुदायबारे जानकारी लिए । करिब एक घण्टाको बसाईमा उनले बस्तीबाट देखिने डाँडाकाँडा र सुनकोशी नदीलाई नियाले । धुर्मुस सुन्तलीले असार साउनको झरीमा हाँस्य टेलिश्रृंखला मेरी बास्यै, भद्रगोल, सगुन डटकमसँगै अन्य थुप्रैको सहयोगमा आफुले खटेर बनाएका हरेक संरचनाबारे बताए । धुर्मुस सुन्तलीले सोहि ठाउँका बाँकी रहेका भूकम्प प्रभावित पहरीहरुले पनि यस्तै घरको माग गरेको सुनाए । यति मात्र नभई उनीहरुले महोत्तरीको मुसहर बस्तीमा पुग्दा देखेको विकराल अबस्था बारे पनि प्रधानमन्त्रीलाई जानकारी गराए । प्रधानमन्त्रीले यस्ता घरहरु अन्य ठाउँमा पनि उपयुक्त हुन सक्ने विचार राखे । बस्ती अवलोकन गर्दै गर्दा प्रधानमन्त्री ओलीले धुर्मुसलाई धाप मार्दै धुर्मुसको कानमा ‘काम राम्रो गरेको रहेछ त्यसैले पो मेरो उछितो काढ्दो रैछ’ भन्दै ठट्यौली गरे । यस अघि प्रधानमन्त्री ओलीले सरकार विस्तार गरेपछि धुर्मुसले नरपशु मन्त्रालय हँस्यौली भिडियो बनाएका थिए । जुन निकै भाइरल बनेको थियो । नमुना बस्तीमा पुगेका प्रधानमन्त्रीले अरु के के गरे ? हेर्नुहोस भिडियो  

https://www.youtube.com/watch?v=oSg8D5Qgy_U

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप