शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

सुरशाला आइडलको पहिलो अडिसन सम्पन्न

सोमबार, १८ माघ २०७२, १४ : ५५
सोमबार, १८ माघ २०७२

ललितपुर – ललितपुर मल्टिपल क्याम्पसमा शनिवार सुरशाला आइडलको जुनियर तर्फको पहिलो अडिसन सम्पन्न भएको छ । ७ देखि १५ बर्ष उमेर समुहका करिव २ सय जना बालबालिकाले कार्यक्रममा भाग लिएका थिए । कार्यक्रमको निर्णयक मण्डलमा ख्याती प्राप्त कलाकारहरु लोचन भटराइ, आलोक शर्मा, रुपक डोटेल, भिम लिम्बु लगायत रहेका थिए । राष्टब्यापी रुपमा सञ्चालन हुन गइरहेको सुरशाला आइडल जुनियरको पुरस्कार राशी १३ लाख रुपयाँ रहेको आयोजकले जनाएको छ । प्रथम हुनेलाई ३ लाख ५० हजार, दोश्रो हुनेलाई २ लाख ५० हजार, तेश्रो हुनेलाइ १ लाख ६० हजार र टप टेन भित्र पर्नेलाई शुरशाला म्युजिक ऐकेडेमीमा छात्रवृत्ति प्रदान गरिने आयोजकले जनाएको छ । बालबालिकाका लागि संगीत शिक्षा र उनीहरु भित्र भएको गायन प्रतिभालाई देश विदेशसम्म पु¥याउने, गीत संगीतको माध्यमबाट एकता र शान्ति–सदभाव दिने उदेश्यले सुरशाला आइडल जुनियरको आयोजना गरिएको सुरशाला फाउन्डेशनका अध्यक्ष अमृत क्षेत्रीले बताए । सो कार्यक्रममा चर्चित बाल कलाकार प्रेम परियारले आफ्नो प्रस्तुती पस्केका थिए । सुरशालाले यस लगत्तै काठमाण्डौ, भक्तपुर,पोखरा धरान लगायतका शहरहरुमा अडिशन लिइ उत्कृष्ठ प्रतियोगीहरु छानिने बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप