‘सामाजिक डाक्टर’ को पहिचान बनाउँदै धामीझाँक्री
काभ्रे–झारफुक र जोखाना हेरेर रोग ठीक पार्ने धामीझाँक्रीहरु ‘सामाजिक डाक्टर’का रुपमा आफूलाई विकास गर्दै छन् । ‘गाउँमा सल्लाह दिने डाक्टर हुँदैनन् हामी नै समाजका डाक्टर हौँ, फलामेटार गाविस ५ धार्नेका माइला तामाङले भने, ‘झारफुक मात्र गर्दिन, डाक्टरकहाँजँचाउन छिटो जान भनेर पठाउने गरेको छ । ’ अहिले पनि गाउँमा स्वास्थ्यकर्मी नहँुदा धामीझाँक्रीको पहुँच भने घटेको छैन । उनीहरुले उचित सल्लाह नदिए धेरै सर्वसाधारणको जीवन जोखिममा पर्ने स्थिति छ । डाँडापारि क्षेत्रमा पर्ने साल्मेचाक गाविस वडा नं. ५ का आइत सिं तामाङले पनि आफूले जोखिममा परेका बिरामीलाई बचाएको अनुभव सुनाए । उनले भने, ‘एक महिला पहिले दिसा गर्ने स्थानबाट मकैको ढोड परेर घाइते भएका बिरामीलाई झारफुक गर्न बोलाए मैले तुरुन्त अस्पताल पठाएँ नत्र मर्ने रहेछन् ।’ काभ्रेको विभिन्न गाविसमा सिडियो नेपाल संस्थाले स्वस्थ्य सम्बन्धि तथा जनचेतनामूलक कार्यक्रमहरु सञ्चलान गरि विगत २ वर्ष अघिदेखि सचेत गराउँदै आएको थियो । ‘ आफ्नो झारफुकको काम सकिएपछि तुरुन्त अस्पताल जान सल्लाह दिने काम हामीले १ वर्ष अघि देखि गर्दै आएका छौँ’, च्यासिङ्खर्क गाविस वडा नं. ५ दोमनडाँडा राजन बुढाथोकीले भने । धेरै धामीझाँक्रीको झारफुकले रोग ठीक नहुने कुरा आफूहरुलाई पनि ज्ञान भइसकेको बुढाथोकीले बताए । धामीझाँक्रीहरुले झारफूक गरेपनि परम्परागत जडीबुटीबाट रोग ठीक गर्ने गरेको अनुभव उनले सुनाए । कामीडाँडाका सुकराम ब्लोनले झारफूकसँगै गाउँघरमा पाइने जडीबुटी दिएर बिरामीलाई ठीक गर्ने गरेको बताए । अर्का स्थानीय कामीसिं लोप्चनले पहिले पहिले बोक्साबोक्सी पहिचान गर्ने गरेको भए पनि कानूनले सजाय गर्ने थाहाँ भए पछि आफूले कसैलाई पनि किटान नगर्ने गरेको जानकारी दिए । ‘ पहिले पहिले अन्धविश्वासका कारण यहाँका महिलाहरुले अकालमै धेरै ज्यान गुमाउनु परेको थियो अहिले धेरै नै कम भएको छ बिरामीहरु एपचारको लागि नजिकैको उप–स्वास्थ्य चौकीमा जाने गरेको देखिन्छ’, महिला स्वयंसेविका लालकुमारी तामाङले भनिन् । गैर सरकारी संस्था सिडियो नेपाल ललितपुरका कार्यक्रम संयोजक आरती बस्नेतले अहिले पनि समाजमा धामीको प्रभाव कायम रहेकाले काभ्रेको विभिन्न गाविसहरुमा विगत २ वर्ष अघिदेखि स्वास्थ्य शिविर र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण