शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

दीर्घकालीन विकासका लागि अपरेसनल रिसर्च नामक सम्मेलन

सोमबार, १८ माघ २०७२, १५ : १९
सोमबार, १८ माघ २०७२
काठमाडौं, माघ १८–अपरेस्नल रिसर्च सोसाईटी अफ नेपाल र चौधरी ग्रुपद्वारा संचालित सि.जि इन्स्टिच्युट अफ म्यानेजमेन्टको अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ । उक्त सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञ,विध्यावारीधिका विधार्थी तथा विकास र व्यापार क्षत्रमा लामो अनुभव रहेको राष्ट्रिीय तथा अन्तराष्ट्रिीय व्यक्तिहरुले आफ्नो रिसर्च प्रस्तुत गर्ने छन्। कार्यक्रमको प्रमुख अतिथी डा.युवराज खतिवडा (राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र प्रमुख वक्ता डा. किरीत शान्ति लाल पारीख (पुर्व आर्थीक सल्लाहकार प्रधान मन्त्रीको कार्यलय भारत )रहने छन् । यस कार्यक्रममा २८ वटा विभिन्न विषयका रिसर्च पत्र प्रस्तुत गरिने छ । नेपाल लगायत अन्य ८ वटा विभिन्न देशबाट सहभागी हुने आयोजक सदस्य श्री तुल्सी पाण्डे , चन्द्र ढुङगेल,प्रमोद पराजुली ले जनाएका छन् । नेपालको महाभुकम्प पछिको विकास कस्तो रहने र त्यसका लागी नेपाल र नेपालीले गर्नुपर्ने चुनौतीको सामनाका साथै विकास क्षेत्रमा के कस्तो रणनिती हुने छ भन्ने सोधपत्रमा समेत प्रकाश पारिने बताइएको छ । कार्यक्रम आज र भोलि सि.जि इीन्स्टीच्युट अफ म्यानेजमेन्ट कलेजमा सञ्चालन गरिने छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप