आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

अवैध रुपमा ल्याउँदै गरेको  बीस वटा साइकल नष्ट

सोमबार, १८ माघ २०७२, १५ : ४०
सोमबार, १८ माघ २०७२

रौतहट - राष्ट्रिय वन तथा सामुदायिक वन उपभोक्ता समूहअन्तर्गतका वनजङ्गलबाट अवैध रुपमा ल्याउँदै गरेको अवस्थामा यहाँ नियन्त्रणमा लिइएका २० वटा साइकल आज नष्ट गरिएको छ । जिल्ला वन कार्यालय रौतहटअन्तर्गत चोचा सेक्टर वन कार्यालय तथा स्थानीय शिवशक्ति सामुदायिक वन उपभोक्ता समूहको संयुक्त गस्ती टोलीले ती साइकल र काँचो काठ दाउरा बरामद गरेको हो । सो क्षेत्रको जङ्गलबाट अवैध रुपमा साइकलमा लादेर इँटाभट्टामा लान लागिएको अवस्थामा नियन्त्रणमा लिइएका ती साइकल स्थानीय समाजसेवी र वन कर्मचारीको रोहवरमा आगो लगाई नष्ट गरिएको शिव शक्ति सामुदायिक वन अध्यक्ष बिके चौधरीले बताए । सहायक वन अधिकृत वैजनाथ मण्डल, सशस्त्र जमदार रामपुकार साह तथा स्थानीय शिवशक्ति सामुदायिक वन उपभोक्ता समूहको संयुक्त गस्ती टोलीले आज बिहान ७ बजेतिर गस्ती गर्दै जाँदा काँचो सालका लाथ्रा काटेर लगिरहेको अवस्थामा साइकल तथा काठदाउरा नियन्त्रणमा लिएको थियो । सो क्रममा काठ चोरीमा संलग्न व्यक्तिको समूहले गस्ती टोलीमाथि आक्रमण गर्न खोजेपछि सशस्त्र वन गस्तीले हवाई फायरसमेत गर्नुपरेको थियो । बरामद काठदाउरा सिम्री रेन्जपोस्टको कम्पाउन्डमा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप