खाना पकाउन दाउरा छैन, वन कार्यालयमा चार हजार ३०० क्युफिट काठ कुहियो
काठमाडौँ - उपत्यकामा इन्धनको अभावले खाना बनाउन समस्या भएका बेला जिल्ला वन कार्यालय काठमाडौँको लापरबाहीले चार हजार ३०० क्युफिट काठ कुहिएर अलपत्र छ ।
मन्त्रिपरिषद्को २०६४ जेठ ११ गतेको निर्णयबमोजिम गोकर्णको यज्ञडोल ९जगडोल० सामुदायिक वनमा राणा शासनदेखि हालसम्म स्वतन्त्रताका लागि जीवन अर्पण गर्ने सहिदका नाममा राष्ट्रिय सहिद स्मारक निर्माण हुन सुरु भएको थियो । निर्माण कार्य सुरु भएपछि निर्माणस्थलमा परेका ४४५ रुख मन्त्रिपरिषद्को २०६९ वैशाख ४ गतेको निर्णयअनुसार काटिएको थियो ।
मन्त्रिपरिषद्ले काटिएका रुखको लिलाम गरी राजस्व दाखिला गर्ने जिम्मेवारी जिल्ला वन कार्यालय काठमाडौँलाई दिएको थियो । कार्यालयले सामुदायिक वनबाट काटिएका काठ लिलाम बिक्री गर्ने प्रक्रिया सुरु गरेपनि पछि एक्कासि रोकिएको स्मारकका अध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिए ।
लिलाम प्रक्रिया रोकिएर इलाका रेन्जपोस्ट कार्यालय गोकर्णमा काठको थुप्रो राखिदा समस्या आएको कर्मचारीको गुनासो छ ।
“मध्यमाञ्चल क्षेत्रीय वन निर्देशनालयले काठ बिक्रीको जिम्मेवारी सामुदायिक वनलाई नै दिने निर्णय गरी वन मन्त्रालयमा सिफारिस गरेको थियो, तर मन्त्रालयले यस विषयमा केही निर्णय नगरेपछि काठ अलपत्र बनेको छ, वन ऐन एवम् नियमावलीमा भएको प्रावधानअनुसार काठ सामुदायिक वनलाई नै दिइनुपर्ने माग गरेका थियौँ”–सामुदायिक वनको अध्यक्ष समेत रहनुभएका सिग्देलले भन्नुभयो ।
वन कार्यालयको लापरबाहीले रु १५ लाख राजस्व गुमेको रेन्जपोस्ट कार्यालयका कर्मचारीकै गुनासो छ ।
वन मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद आचार्य वन विभागले यससम्बन्धी प्रस्ताव मन्त्रालयमा नल्याएकाले अघि बढ्न नसकिएको बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण