श्रीमानलाई बाँधेर श्रीमतीमाथि मध्यरातमा सामुहिक बलात्कार
रौतहट– स्थानीय विश्रामपुर गाविसकी एक दलित महिलालाई आज एक समूहले सामूहिक बलात्कार गरेको छ ।
इलाका प्रहरी कार्यालय गरुडाका अनुसार पीडित ती महिलालाई उद्वार गरी गरुडास्थित महिला सेलमा राखिएको छ ।
पाँच–छ जनाको समूहमा आएको सो समूहले राति करिब १ बजे घरभित्र पसी उनका श्रीमानलाई बाँधेर उनलाई करिब एक किलोमिटर परको परालको कुन्युमा लगी सामूहिक बलात्कार गरेको बताइएको छ ।
घटना भएको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय गरुडाको प्रहरी टोलीले ती पीडितलाई उद्धार गरेको थियो । मोटरसाइकलमा आएको समूहले उक्त घट्ना गराएको हुनसक्ने छिमेकीले बताएका छन् ।
रातको समयमा घटना भएकाले हालसम्म पनि प्रहरीले कसैलाई पक्राउ गरेको छैन । रक्ताम्मे अवस्थामा उद्धार गरिएको ती महिलाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहरीले सो घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण