क्राइम अपडेटः हिजो के–के घटना घटे राजधानीमा ?
काठमाडौं–माघ १७ गते उपत्यकामा कहाँ के घटना घटे त ? नेपाल प्रहरीका अनुसार माघ १७ गते उपत्यकामा घटेका घटनाहरु यस्ता छन्ः
कालोबजारी गर्ने २ पक्राउ काठमाडौं महानगरपपालिका–३४ अलोकनगरस्थित कालोबजारी गर्ने दुई जनलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कृष्णचन्दा जोशी र भरत यादव रहेका छन् । महानगरीय प्रहरी वृत बानेश्वरबाट खटेको टोलीले चेकजाँचको क्रममा पेट्रोल कृष्णचन्द जोशीले आफ्नै घरको कम्पाउन्डमा ग्यास जम्मा गरी राखेको अवस्थामा ५ वटा भरी सिलिण्डरसहित १६० लिटर पेट्रोल र १३५ लिटर डिजेल बरामद गरेको हो । अहिले उनीहरुलाई महानगरीय प्रहरी वृत बानेश्वरमा राखी आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
लागुऔषधसहित २ जना पक्राउ सितापाइला र बल्खुमा एप्ल बिक्री वितरण गर्दै गरेको अवस्थामा २ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत स्वयम्भुबाट सादा पोसाकमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । सितापाइला घर भएका ३० वर्षीय सुजन मान्नधर र मकवानपुर कालिकाटार घर भई बल्खु बस्ने ३७ वर्षीय कृष्ण तामाङ डाइजो पाम एम्पल ४४६ पिस, फेनारगन एम्पुल ३४२ पिस, नुर फिन एम्पुल १४६ पिस, बुप्रि नुरफिन ५०० पिस गरी जम्मा १४३४ पिस लागुऔषध एम्पलसहित पक्राउ परेका हुन् । हाल अहिले उनीहरु दुई जनालाई महानगरीय प्रहरी वृत स्वयम्भुमा राखी आवश्यक अनुसन्धान तथा कारवाही कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण