विविध धर्म, भाषा र संस्कृतिले राष्ट्र बलियो हुन्छ : उपराष्ट्रपति
सोमबार, १८ माघ २०७२, १८ : २१
चौतारा– उपराष्ट्रपति नन्दबहादुर पुनले भूकम्पबाट घरबास गुमाएका पीडितका लागि छिटोभन्दा छिटो ध्वस्त घर पुनःनिर्माण गर्न सरकारलाई आग्रह गरेका छन् ।
नेपाल तामाङ घेदुङ सङ्घ सिन्धुपाल्चोकको आयोजनामा दुई हजार आठ सय ५२ औँ सोनाम ल्होसारका अवसरमा आयोजित सांस्कृतिक कार्यक्रमको आज चौतारामा उद्घाटन गर्दै उहाँले पुनःनिर्माण अभियानलाई छिटो अगाडि बढाई राष्ट्रलाई समृद्धितर्फ लैजानुपर्नेमा जोड दिए । विविध धर्म, भाषा र संस्कृतिको संरक्षणबाट पर्यटन प्रवद्र्धनले यस क्षेत्रको गुणात्मक वृद्धिमा सहयोग पुग्ने उपराष्ट्रपतिको भनाइ थियो । कार्यक्रममा सांसदद्वय शेरबहादुर तामाङ र डा ल्हाक्र्याल लामा, पूर्वसभासद् दावा तामाङ र तामाङ घेदुङका महासचिव कुमार ब्लोनले सोनाम ल्होसार सबैभन्दा पुरानो वर्ष भएको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण