काँग्रेस अधिवेशन : दुई नगरमा निर्विरोध
काठमाडौँ–नेपाली काँग्रेसको १३औँ महाधिवेशन तयारीका क्रममा आज काठमाडौँका नौ नगरपालिकामा नगर समितिको निर्वाचनका लागि मनोनयनपत्र दर्ता भएको छ ।
सो क्रममा शङ्खरापुर र नागार्जुन नगरपालिकामा सभापति एवम् छ सदस्य निर्विरोध निर्वाचित भएको काँग्रेस काठमाडौँका सभापति भीमसेनदास प्रधानले जानकारी दिए । शङ्खरापुरमा राजभाइ श्रेष्ठ र नागार्जुनमा केदार मानन्धरसहित सात जना सदस्य निर्विरोध निर्वाचित भएका थिए ।
कागेश्वरी मनोहरा, गोकर्णेश्वर, बूढानीलकण्ठ, टोखा, तारकेश्वर, चन्द्रागिरि र दक्षिणकाली नगरपालिकामा मङ्गलबार निर्वाचन हुनेछ, यी नगरपालिकामा सभापति सहित काँग्रेस विधानअनुसार दलित, जनजाति र अल्पसङ्ख्यक दुई/दुई गरी सात जनाको निर्वाचन हुनेछ ।
काठमाडौँ महानरपालिकाको नगर समिति भने यही माघ २५ पछि मात्र चयन हुने भएको छ । महानगरमा नौ हजार क्रियाशील सदस्य भएकाले जिल्ला अधिवेशनपछि मात्र महानगरको अधिवेशन हुन लागेको हो । काँग्रेसमा सबैभन्दा बढी पार्टी सदस्यबाट निर्वाचित हुने निकाय महानगर समिति हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण