तराईमा नेपाल जेसीजको सद्भाव अभियान
काठमाडौं–तराईमा आपसी सद्भाव बढाउने उद्देश्यले नेपाल जेसीजले सम्वृद्ध राष्ट्र निर्माणका लागि संवाद र सहकार्य राष्ट्रव्यापी अभियान संचालन गर्ने भएको छ ।
नेपाल जेसीजद्धारा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय अध्यक्ष जगत पोखरेलले आउँदो २० गते देखि २४ गतेसम्म तराईका विभिन्न ठाउँमा सद्भाव कार्यक्रम आयोजना गर्ने जानकारी दिए । उनले एउटै आँगनमा हुर्किए र एउटै राष्ट्रियता बोकेकाहरुका बिचमा संवाद र सहकार्यले समाधान नदिने समस्या नहुने भएकाले संवाद र सहकार्य गर्न दवावका लागि कार्यक्रम गर्न लागिएको बताए । अभियान अन्तर्गत यही माघ २० गते धनगढी र नेपालगञ्जमा, २१ गते बुटवलमा, २२ गते विरगञ्ज र मलङ्गवामा, २३ गते जनकपुरधाम, लाहान र राजविराजमा र २४ गते विराटनगरमा कार्यक्रम गरिने अध्यक्ष पोखरेलले जानकारी दिए । ‘अभियानका क्रममा आन्दोलनरत पक्ष, सरकार पक्ष, प्रतिपक्ष र नागरिक अगुवा तथा पेशाकर्मीहरुसँग सद्भावपुर्ण संवाद कार्यक्रमको आयोजना गरि समस्या समाधानको बाटो खोजिन्छ”, उनले भने । कार्यक्रममा सरोकारवालाहरुलाई केही साझा विषयमा प्रतिबद्धता गराईने र उनीहरुको प्रतिबद्धतालाई केन्द्रीय नेताहरु समक्ष बुझाई निकासका लागि दवाब दिइने अध्यक्ष पोख्रेलले बताए । अभियानको सहआयोजक शान्तिका लागि साझा अभियानका अध्यक्ष रेम बहादुर विकले संविधान बनेपछि सवै कुरा ठिक हुन्छ भनिएपनि जनताले अझ दुःख पाउनु परेकाले बुझाईलाई समानतामा ल्याउन अभियान चलाउने तयारी गरिएको जानकारी दिए । उहाँले संविधान बनाउने पक्ष र संविधानको विरोध गर्ने पक्षलाई स्थानीय तहमा एकैठाउँमा राखेर सम्वाद र सहकार्यका लागि बातावरण बनाउने प्रयास आफुहरुको हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण