ठूलो परिणामको ग्यास सिलिन्डरसहित सशस्त्रका पूर्व इन्सपेक्टर पक्राउ
काठमाडौं– सशस्त्र प्रहरीको जागिर छाडेर खाना पकाउने ग्यासको व्यवसाय थालेका राजेश भारती कालोबजारीको ग्याससहित पक्राउ गरेका छन् । सशस्त्रको पूर्वइन्सपेक्टर भारतीलाई राजधानिको कपनस्थित आकाशेधारबाट पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख सर्वेन्द्र खनालले जानकारी दिए । ०६० सालमा सशस्त्रको जागिर छाडेका भारतीले आकशेधारामा ‘रारा एड्स इन्टरप्राईजेज’ नामक डिपोबाट ग्यासको कारोबार गर्दै आएका थिए । कालोबजारी गरेको सूचनाका आधारमा फक्राउ परेका भारतीले आधा सिलिन्डर ग्यासको एक हजारदेखि एक हजार पाँच सयसम्म लिएर नाफाखोरी गरेको प्रहरीले जनाएको छ । भारतीको डिपोबाट प्रहरीले २७ थान एसटिसी ग्यासको आधा सिलीन्डर र २५८ थान ‘गिता’ नामक ग्यास बरामद गरेको छ । बरामद गरिएका अधिकांश सिलीन्डरमा क्याप नभएको पाईएको छ । त्यस्तै कलंकीको गोर्खा मनकामना फलफुल तथा कृषि बजारमा रहेको उग्रचण्डी स्टोरबाट पेट्रोलियम पदार्थ कालोबजारी गर्ने यशोधा बज्रगाईंलाई पनि प्रहरीले पक्राउ गरेको छ । सो स्टोरबाट ५० लिटर पेट्रोल, २३० लिटर डिजेल र १२५ लिटर मट्टितेल बरामद गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण