फोटो खिचेपछि भारतका ग्रेट वाल राहुल द्रविडले नेपाली क्रिकेटरलाई भने, ‘तिमीहरुले राम्रो खेल्यौ’
काठमाडौं–आईसीसी यू–१९ विश्वकप क्रिकेटमा भारतसँग ७ विकेटले पराजित भएपछि यतिबेला नेपालीहरु स्तब्ध छन् । धेरैले यो खेललाई भारतले लगाएको अघोषित नाकाबन्दीको प्रतिशोधका रुपमा लिएका थिए । तर राजनैतिक र हारका दुई फरक–फरक दुखका बाबजुद बंगलादेशमा रहेको नेपाली टोलीको मनोबल अझैँ बढेको छ । रोचक कुरा, नेपाली टोलीको मनोबल बढाउने भूमिकामा भारतीय प्रशिक्षक तथा पूर्वस्टार ब्याटस्म्यान राहुल द्रविड छन् । ग्रेट बाल अफ इन्डियाको उपनामले चिनिने द्रविड खेलाडी छदाँ जति बिस्फोटक थिए । व्यक्तिगत जीवनमा उनी त्यति नै असल मानिसका रुपमा चिनिन्छन् । भारतसँग नेपाल पराजित भएपछि दुखी देखिएका बलिङ प्रशिक्षक विनोद दासले राहुल द्रविडसँगको भेट खेलाडीहरुका लागि अविस्मरणीय रहने बताएका छन् । नेपाल र भारतको खेलअघि नै विनोद दासले भनेका थिए– ‘यदी राहुलले हाम्रा खेलाडीहरुका लागि समय छुट्याएर उनीहरुसँग कुरा गर्छन् भने त्यो ठूलो विषय हो । हामीले त उनलाई टिभीमा देखेको हा । हामीले वर्षौदेखी उनको प्रशंशा गर्छौ । क्रिकेट खेल्नेका लागि राहुल आर्दश हुन् ।’ नेपाल र भारतबीचको खेलपछि उनै विनोदसँगै राहुल नेपालको ड्रेसिङ रुममा पुगे । उनले नेपाली टोलीसँग केवल १० मिनेटमात्रै बिताए । त्यतिबेला राहुलसँग कुरा गर्ने क्रममा नेपाली खेलाडीहरु केही नभर्स देखिएका थिए । तर जब उनीहरु फोटो खिच्नका लागि बाहिर अर्थात मैदानमा आए । त्यतिबेला उनीहरु हार बिर्सेर चिच्याइरहेका थिए किनकी उनीहरुसामू भारतीय क्रिकेटका भगवान् राहुल द्रविड प्रत्यक्ष उपस्थित थिए । अन्तर्राष्ट्रिय क्रिकेटमा २४ हजारभन्दा बढी रन प्रहार गर्ने द्रविडसँग सँगै फोटो खिचाउँदाको ऐतिहासिक क्षणले नेपाली क्रिकेटहरु भावनात्मक बनेका थिए । राहुल द्रविड यसरी विपक्षी टोलीका खेलाडीहरुसँग भेट्न पुगेको यो नै पहिलो अवसर होइन । भारतले वार्म अप म्याचमा क्यानेडालाई हराएपछि टोलीका सबै खेलाडी खुसी मनाइरहेका थिए । त्यति नै बेला प्रशिक्षक राहुल क्यानेडाको डे«सिङ रुममा पुगे । उनले हार–जीत सामान्य विषय हो भन्दै खेलाडीहरुलाई सम्झाए र उनीहरुको मनोबल वृद्धी गरे ।
उनले फेसबुकमा राखेको स्ट्याट्स
Enjoying interacting with youngsters from different countries at the #U19WC. Our game is growing and that's great.... Posted by प्रशिक्षक जगत् टमाटा भन्छन्–‘खेलपछि राहुललाई भेट्न पाउँदा हाम्रा खेलाडीहरु निकै खुसी छन् ।’ नेपालका उपकप्तान आरिफ शेखले यसअघि अर्का भारतीय क्रिकेटर गौतम गाम्भिरलाई भेटेका थिए । तर राहुलसँगको भेट उनका लागि नचिताएको सपना सरह भयो । उनी भन्छन्–‘धेरै खुसी लागेको छ । उनी ठूलो कदका क्रिकेटर हुन् । उनले हामीलाई मनोबल सिकाएका छन् ।’ टेलिभिजनमा सबैले प्रत्यक्ष देख्दा नेपाली खेलाडीहरु निरीह देखिए । भयंकर ठूलो प्रतिद्धन्द्धी विरुद्ध जति गर्दा पनि नेपालको केही सिप लागेन । एकपछि अर्को विकेट गिर्दै गयो । बलिङमा नेपाल निरीह नै भयो । भारतले १८ ओभरभित्रै लक्ष्य भेट्यायो । धेरैले नेपालको इनिंग्स्लाई टेस्ट र भारतको इनिंग्स्लाई टी २० भन्दै खिल्ली समेत उडाए । तर मैदानबाहिर खेलाडीहरुले राहुललाई भेटेको दृश्य न त टेलिभिजनबाट प्रशारण हुने कुरा थियो । न त यसको विषयमा चर्चा नै भयो । तर खेलाडीहरुले राहुललाई भेटेपछि हारका बाबजुद सान्त्वना पाए । खेलका विषयमा नेपाली उपकप्तान आरिफ शेख भन्छन्–‘ हामीले यदी २ सय २० वा २ सय २५ को स्कोर खडा गरेको भए भारत सायद सूरुआती १० ओभरमा त्यति धेरै आक्रामक हुने थिएन । तर भारत जस्तो टोली विरुद्ध १ सय ६० वा १ सय ७० को लक्ष्य राम्रो होइन । त्यसैले उसले आक्रमक खेल्यो ।’ राहुलजस्तै शेख पनि मिडिल अर्डरका ब्याटस्म्यान हुन् । उनी आफ्नो डट बलको प्रतिशतलाई घटाउँदै त्यसलाई रनमा बदल्न चाहन्छन् । राहुलले नेपाली टोली राम्रो छ भनेकोमा आरिफलाई खुसी छ । ‘उनले के भने भन्दा तपाईहरुले इनिङग्सको सूरुआतमै सट खेल्ने होइन । उनी निकै असल मान्छे हुन् । मलाई ढुक्क छ हाम्रा खेलाडीहरुले उनले भनेका शब्दहरुलाई बाँकी खेलमा याद गर्नेछन् । उनीसँगको भेट यादगार छ ।’– यसअघि बैंगलोरमै राहुलसँग भेटेका नेपाली प्रशिक्षक जगत् टमाटाले भने । खेलाडीहरु राहुल द्रविडसँग केही समय बिताउँदा खुसी देखिएका थिए । यता नेपाली समर्थक आफ्नो युवा टिमलाई मैदानमा भेट्न उत्सूक थिए । बंगलादेशमा ठूलो संख्यामा नेपाली विद्यार्थीहरु अध्ययन गर्छन् । शनिबार झन्डै ५ सय समर्थक रंगशाला आए । ढाकामा मेडिकल पढ्दै गरेका डाक्टर राम थापा क्षेत्री भन्छन्–‘हामी क्रिकेटमा उदाउँदै गरेका राष्ट्र हौ । त्यसैले आईसीसीले नेपालको विषयमा सोचेर धेरैभन्दा धेरै अवसर उपलब्ध गराउनुप¥यो । विशेषगरी टेस्ट राष्ट्रसँग क्रिकेट खेल्ने अवसर ।’ यसअघि न्युजिल्याण्ड विरुद्ध नेपालले जीत हासिल गर्दाको साक्षी बन्ने क्रममा क्षेत्री प्याराफिटमा थिए । त्यतिबेला फतूल्लाह रंगशालामा झन्डै एक सय नेपाली टोलीको हौसला बढाउन उपस्थित थिए । राहुल द्रविडको सद्भाव र समर्थकहरुको पुरापुर समर्थनका कारण हौसिएको नेपाली टोलीले क्वाटरफाइनलमा गल्तिहरु सुधार्दै इतिहास रच्ने योजना बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यव्यवस्था नभएपछि प्रमुख सचेतकहरूको बैठक आह्वान
-
भुक्तानी सेवामा भारतसँग तीन वर्षअघिको सम्झौता कार्यान्वयन, के के हुन्छ सहज ?
-
भारतीय अभिनेता राकेश बेदी काठमाडौँमा
-
विश्व खाद्य सुरक्षा दिवस : भोजमा ३० प्रतिशतभन्दा बढी खाना फालिन्छ
-
सदनको गतिरोध अन्त्यका लागि ५ दिनसम्म भएन पहल
-
किन बारम्बार पार्टनरको फोनमा जान्छ नजर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण