यौनसम्पर्कबाट सरेको जिका भाइरस पहिलोपटक अमेरिकामा भेटियो
टेक्सास – संयुक्त राज्य अमेरिकाको टेक्सास सहरमा लामखुट्टेको टोकाईबाट नभएर यौन सम्पर्कबाट जिका भाइरस सरेको दुर्लभ केस भेटिएको छ । टेक्सासको डालासमा जिका भाइरसबाट संक्रमित भएका ती व्यक्तिलाई यौनसम्पर्कबाट भाइरस सरेको सेन्टर फर डिजिज कन्ट्रोललाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । संक्रमित व्यक्ति हाल भाइरस महामारीको रुपमा रहेको दक्षिण अमेरिकामा नपुगे पनि उनको पार्टनर भने भनेजुएका पुगेर फर्केकी थिइन् । उनैबाट भाइरस सरेको बताइएको छ । लामखुट्टेबाट सर्ने जिका भाइरसका कारण दक्षिण अमेरिकामा लाखौं बालबालिका अविकसित मस्तिकका साथ जन्मिरहेका छन् । हाल दक्षिण अमेरिकामा फैलिरहेको यस भाइरसका कारण विश्व स्वास्थ्य संगठनले आपत्कालको घोषणा गरिसकेको छ । अमेरिकन रेडक्रसले जिकाप्रभावित क्षेत्रबाट फर्किएका व्यक्तिहरुलाई रक्तदान गर्नअघि २८ दिनसम्म पर्खन आग्रह गरेको छ । यता, क्यारेबियनबाट छुट्टी मनाएर फर्किएका दुई अस्ट्रेलियाली नागरिकमा यो भाइरसको संक्रमण देखिएको छ । सिड्नीका वासिन्दा रहेका उनीहरुमा भाइरसको संक्रमण देखिएको अधिकारीहरुले पुष्टि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण