महिलाको बेचबिखनको आरोपी सेनाको प्युठलाई सेनाको जिम्मा, एक थुनामा
मलेखु (धादिङ) - चार महिलालाई बिक्री गर्न खोज्नेमध्येका एक सेनालाई सैनिक कानुनबमोजिम कारबाही गर्न र एक महिलालाई पुर्पक्षका लागि थुनामा राख्न धादिङ जिल्ला अदालतले आदेश दिएको छ ।
जिल्ला न्यायाधीश ईश्वरराज आचार्यको इजलासले हिजो अभियुक्त रोल्पा जिल्ला स्युरी गाविस–२ की २५ वर्षीया रचना गुरुङलाई पुर्पक्षका लागि थुनामा राख्न र निलकण्ठ नगरपालिका–२ का २८ वर्षीय नेपाली सेनाको प्युठ मीनबहादुर गुरुङलाई आफ्नो क्षेत्राधिकारभित्र नपरेकाले सेनाको जिम्मा लगाई कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउन आदेश दिएको हो ।
चार महिलालाई काठमाडौँबाट गाडीको प्रयोग गरी भारत हुँदै तेस्रो मुलुकतर्फ लान लागेको थाहा पाएपछि प्रहरीले पुस २६ गते धादिङको नौबिसेबाट उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।
अभियोग लागेका अर्को ललित पुन भने फरार छन् । उनको ठेगाना समेत खुल्न सकेको छैन । चार महिलालाई काठमाडौँबाट गाडी चढाएर अभियुक्तले धादिङको नौबिसेमा झरेर बस्न भनेको र नौबिसे झरेको अवस्थामा प्रहरीले पीडितलाई उद्धार गरी उनीहरूविरुद्ध जिल्ला अदालतमा मानव बेचबिखन तथा ओसारपसार मुद्दा दायर गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
-
पहाडी क्षेत्रका स-साना खोलामा आकस्मिक बाढीको सम्भावना
-
पोखरामा ध्वनि प्रदूषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ७७३ सवारी साधन कारबाहीमा
-
५ वर्षभित्र जीडीपीमा निर्यातको हिस्सा २० प्रतिशत पुग्ला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण