खानेपानी आयोजना सुरु भएको नौ महिनामै बन्द
वालिङ - स्याङ्जाको साँखर–२ मा रहेको पँधेरा ग्रामीण सौर्य खानेपानी आयोजना सुरु भएको नौ महिनामै बन्द भएको छ ।
करिब रु २५ लाखको लागतमा सम्पन्न भई गत चैतबाट सुरु भएको उक्त खानेपानी आयोजनाको मोटर पम्पमा समस्या देखिएपछि स्थानीय ३६ घरधुरी खानेपानीको समस्यामा परेका छन् ।
“आयोजना सञ्चालन भएपछि स्थानीय निक्कै खुसी भएका थिए” पँधेरा ग्रामीण सौर्य खानेपानी योजनाका अध्यक्ष चन्द्रबहादुर थापाले भने, “सुरु भएको नौ महिनामै प्राविधिक समस्या देखिएपछि आयोजना सञ्चालन पूर्वकै अवस्थामा जस्तै एक घन्टा लगाएर एक गाग्री पानी बोक्नुपर्ने अवस्था आएको छ ।”
एक सय १९ मिटर तलबाट चार वटा सोलार प्यानलमार्फत पानी माथि तानेर छ वटा धाराबाट साँखर गाविसका १ र २ का ३६ घरधुरीका बासिन्दालाई पानी वितरण गरिएको थियो । “पानी तान्ने मोटरमा एकाएक समस्या देखियो” आयोजनाका अध्यक्ष थापाले भन्नुभयो, “मोटर मर्मतका लागि प्राविधिकलाई खबर गरे पनि विकटताका कारण समयमै आउन सकेका छैनन् ।” रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण