विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काट्न सुरु
बुधबार, २० माघ २०७२, ११ : ३३
कञ्चनपुर - नेपाल विद्युत् प्राधिकरण वितरण शाखा महेन्द्रनगरले लामो समयदेखि महसुल नबुझाउने ग्राहकको लाइन काट्न सुरु गरेको छ ।
दुई महिनाभन्दा बढी समयदेखि महसुल नबुझाउने ग्राहकको लाइन काट्न सुरु गरिएको हो । माघ १७ गतेदेखि हालसम्म विद्युत् महसुल नबुझाउने ३० जना ग्राहकको विद्युत्को लाइन काटिएको वितरण शाखाका प्रमुख भोजराज जोशीले बताए । प्राधिकरणको बक्यौता रकममा वृद्धि हुन थालेपछि लाइन काट्न सुरु गरेका हौँ उनले भने, “लाइन काटिएकामध्ये १२ जना ग्राहकले रु दुई लाख ७५ हजार ३९५ बक्यौता रकम बुझाएपछि पुनः लाइन जोडिएको छ ।” वितरण शाखाको चालु आवको बक्यौता रु १० करोड १० लाख छ हजार ३०० पुगेको छ । लामो समयदेखि महसुल नबुझाउनेमा सरकारी कार्यालयसमेत रहेका छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
-
पहाडी क्षेत्रका स-साना खोलामा आकस्मिक बाढीको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण