कपिलवस्तुमा युवाहरुको 'जेब्राक्रसिङ निर्माण अभियान'
कपिलवस्तु - युवाहरुको संगठन चेतनशील प्रतिष्ठान कपिलवस्तुले सडक दुर्घटना घटाउन भन्दै यहाँको पुर्व पश्चिम लोकमार्गको विभिन्न ठाउँमा जेब्राक्रसिङ बनाउने अभियान थालेको छ ।
कपिलवस्तुका व्यस्त शहरमा पर्ने जितपुर, वोडगाउँ, बनगाई लगाएतका ठाँउमा अहिले सम्म ट्राफिक चिन्ह्हरु मध्यको जेब्राक्रसिङ नहुँदा यात्रु तथा सर्वसाधारणलाई बाटो काट्न सहजता नभपछि प्रतिष्ठानले अभियान सुरु गरेको हो ।
पूर्वपश्चिम लोकमार्गमा अनिवार्य रुपमा निर्माण गरिनुपर्ने जेब्राक्रसिङ यहाँ भने नभएको र सम्बन्धित निर्माणकर्ताले चासो नदेखाएपछि आपूmहरु नै लागिपरेको प्रतिष्ठानका अध्यक्ष असिम भट्टराईले रातोपाटीलाई जानकारी दिए ।
सडकमा हुने दुर्घटनाको सिकार कोही पनि बन्न नपरोस् भनी जिल्लामा सक्रिय चेतनशील प्रतिष्ठानले देउसीभैलोबाट उठेको रकमबाट राजमार्गकेन्द्रित जेब्राक्रसिङ बनाउन सुरु गरेको प्रतिष्ठानका संस्थापक संरक्षक समीर शायरले बताए ।

जिल्लाका ४ नं जितपुर, बनगाई, पिपरा, बोडगाउँ, चप्परगाउँ, बुङची, घेरुवा,कोईली बनगाईस्थित पूर्वपश्चिम लोकमार्गमा जेब्राक्रसिङ गराउन लागेको प्रतिष्ठानले शुक्रबारदेखि वाणगंगा ७, बनगाईबाट “सवारी साधन दुर्घटना नियन्त्रणका लागी चेतनशिलको अभियान” भन्ने नारा सहित अभियान सुरु गरेको हो ।
अघिले सम्म घेरवा, कोईली बनगाई, वोडगाउँ, बुङची सडकमा जेब्राक्रसिङ बनाईसकिएको संरक्षरक सायरले जानकारी दिए । सडकमा जेब्राक्रसिङ राखिएपछि विद्यार्थी, बालबालिका र सर्वसाधारण लाभान्वित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गिल र किशनको विष्फोटक शतक, अफगानिस्तानविरुद्ध भारतको विशाल जित
-
लुम्बिनीमा एमालेको पार्टी पुनर्गठन अभियान, प्रदेशस्तरीय बैठक आजदेखि
-
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बैठक जारी
-
अस्ट्रेलियाली स्पिनरहरूको रेकर्ड : पहिलो टी–२० मा बङ्गलादेश ४ विकेटले पराजित
-
अब एप्पलले पनि आफ्ना उत्पादनको मूल्य बढाउने
-
भैँसी र बाख्रा पाल्ने किसानलाई अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण