१९ वर्षपछि घरेलु मैदानमा न्युजिल्याण्डको इनिङ्ग अन्तरको हार
वेलिङटन – अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा न्युजिल्याण्ड एक इनिङ्ग र ५२ रनको विशाल अन्तरले पराजित बनेको छ । आफ्नै घरेलु मैदानमा न्युजिल्याण्डले इनिङ्ग अन्तरको पराजय बेहोरेको १९ वर्षपछि यो पहिलो अवसर हो । यसअघि सन् १९९७ मा यही मैदानमा इंग्ल्याण्डविरुद्ध न्युजिल्याण्डले एक इनिङ्ग र ६८ रनको हार बेहोरेको थियो ।
अस्ट्रेलियाले पहिलो इनिङ्गमा बनाएको ५ सय ६२ रनको प्रतिउत्तरमा न्युजिल्याण्ड दोस्रो इनिङ्गमा ३ सय २७ रनमा सिमित बन्यो । यसअघि पहिलो इनिङ्गमा न्युजिल्याण्डले मात्र १ सय ८३ रन बनाएको थियो । न्युजिल्याण्डलाई सस्तोमै समेट्ने क्रममा नाथन लियोनले ४ विकेट लिए भने मिचेल मार्सले ३ विकेट लिए । न्युजिल्याण्डका लागि ओपनर टोम ल्याथमले सर्वाधिक ६३ रन बनाए । त्यस्तै अर्को ओपनर मार्टिन गुप्टिलले ४५ रनको योगदान दिए । मध्यक्रममा हनरी निकोलसले ५९ रन बनाए पनि अन्य ब्याटसम्यानहरु टिक्न सकेनन् । टिम साउथीले ४८ रन बनाउँदै न्युजिल्याण्डको हार केही समय टारेका थिए । २ खेलको श्रृंखलामा अस्ट्रेलियालाई १–० को अग्रता मिलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
-
सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा
-
यस्तो थियो पुष्पलालले तयार गरेको नेकपाको पहिलो घोषणा पत्र
-
चार लाख भारतीय रकमसहित पक्राउ
-
रुबियो र लाभरोभबिच भेटवार्ता : इरान र युक्रेन युद्धबारे महत्त्वपूर्ण छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण