औद्योगिक प्रदर्शनी मङ्गलबारदेखि
काठमाडौँ– घरेलु तथा साना उद्योग विकास समितिले यही फागुन ४ बाट २७औँ औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी गर्ने भएको छ ।
समितिले आइतबार भृकुटीमण्डपमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदर्शनीमा ३०० भन्दा बढी कक्ष रहने र हालसम्म विभिन्न जिल्लाबाट १२५ तथा काठमाडौँबाट ५० वटा कक्ष बुक भइसकेको जानकारी दिइयो ।
मेड इन नेपाल गौरव गरौँ, स्वदेशी वस्तु प्रयोग गरौँ भन्ने मूल नाराका साथ सुरु हुने उक्त प्रदर्शनीमा भाग लिने उत्कृष्ट उद्यमीलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको छ ।
पत्रकार सम्मेलनमा समितिका निमित्त कार्यकारी निर्देशक निलम ताम्राकारले प्रदर्शनीको मुख्य उद्देश्य घरेलु तथा साना उद्यमीलाई राष्ट्रियस्तरमा परिचय गराउने तथा उनीहरूबाट उत्पादित वस्तुको बजार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विस्तार तथा प्रवद्र्धन गर्नु रहेको बताउनुभयो ।
कार्यकारी निर्देशक ताम्राकारले मेलामा पूर्वेली ढाका, बाँसजन्य उत्पादन, अल्लोजस्ता प्राकृतिक रेसाबाट उत्पादित वस्तु, छालाजुत्ता हस्तकला, खाद्यवस्तु एवम् अर्गानिक चिया र कफी, हाते कागज तथा ऊनी वस्तु प्रदर्शनको मुख्य आकर्षण रहने जानकारी दिनुभयो ।
प्रदर्शनीमा ७५ जिल्लाका उद्यमी सहभागी हुने र उद्यमीले तयार पारेका सामानलाई एउटै छातामुनिबाट सहज रूपमा खरिद गर्न सजिलो हुने लक्ष्य मेलाको रहेको बताइएको छ । प्रदर्शनी फागुन ९ गतेसम्म चल्नेछ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
-
सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा
-
यस्तो थियो पुष्पलालले तयार गरेको नेकपाको पहिलो घोषणा पत्र
-
चार लाख भारतीय रकमसहित पक्राउ
-
रुबियो र लाभरोभबिच भेटवार्ता : इरान र युक्रेन युद्धबारे महत्त्वपूर्ण छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण