बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

लेखनाथ महोत्सवको सम्पूर्ण तयारी पूरा

सोमबार, ०३ फागुन २०७२, १७ : ४०
सोमबार, ०३ फागुन २०७२

पोखरा –लेखनाथ उद्योग वाणिज्य संघद्धारा यही फागुन ५ गतेदेखि १६ गतेसम्म लेखनाथको भण्डारढिकमा आयोजना गरिएको लेखनाथ महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । महोत्सवमा रहने ३ सय स्टल मध्ये सवै स्टल वुकिङ भईसकेकोले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक लेखनाथ उद्योग वाणिज्य संघले सोमवार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

संघद्धारा आयोजित १२ औं संस्करणको यो महोत्सवमा सवै स्टलहरु वुकिङ भईसकेको, र अन्य व्यवस्थापनको विषयमा पनि सवै तयारी पूरा भएको संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले जानकारी दिएका छन् ।

महोत्सवमा १५ देखि २० करोड वरावरको कारोवार हुने र ३ लाख वढी दर्शकले महोत्सव अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ । महोत्सवमा १ करोड ५ लाख आम्दानी हुने र ७५ लाख खर्च हुने जनाईएको छ । वचत आम्दानी रु ३० लाख सामाजिक विकासका कार्यमा खर्च गरिने संस्थाका उपमहासचिव भरतकुमार अधिकारीले जानकारी दिएका छन् । महोत्सवमा गण्डकी तारा गायन प्रतियोगिता, चाईल्ड ट्यालेन्ट सो, लोकदोहोरी गीत प्रतियोगिता, गृहिणी नृत्य लगायतका प्रतियोगिता आकर्षणको रुपमा रहने जनाईएको छ ।

त्यसैगरी हस्तकला, अटोमोवाईल, खाद्यान्न कृषि लगायतका प्रदर्शनी एवं विक्री पनि हुने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप