आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

६० वर्षे उमेरमा देशभित्रै देश चिनाउने लक्ष्मीनारायणको अभियान

आइतबार, १६ फागुन २०७२, १३ : १४
आइतबार, १६ फागुन २०७२

भक्तपुर – मुलुकभित्रै हराउँदै गएको राष्ट्रियता जगाउन र नेपाली झण्डा चिनाउनको लागि भन्दै एक वृद्ध राष्ट्रिय झण्डा बोकेर हिँडेको ४ महिना पुरा हुन लागेको छ । भक्तपुर नगरपालिका वडा नं. १३ खौमामा वि.स २०१३ साल फागुन ३० गते जन्मिएका लक्ष्मी नारायण शिल्पकार ६० वर्षको उमेर देश भित्रनै देश चिनाउने महान अभियानमा लागेको हुन् ।

शिल्पकारहरुको पुर्खौली पेशा अगाल्दै आएका लक्ष्मी नारायण पछिल्लो समय नेपालीले नेपाललाई भुल्न थालेको देखेर निकै चिन्तित भए ।त्यसैले स्वदेश र विदेशमा रहेको आम नेपालीलाई नेपालीपन बारे जाउने मनसाय राख्दै उनी यो अभियानमा लागेको बताउँछन् । चन्द्र सुर्य अड्ढित रातो, निलो र सेतो रङ्ग मिलेर त्रिकोण आकारमा बनेको नेपालको झण्डालाई नै धेरैले राजनितिक पार्टीको झण्डा ठान्ने मानसिकता हटाउन उनी ९ फिट आधा उचाई भएको झण्डालाई १२ फिट उचाई भएको डण्डीमा राखेर नेपालका ४६ जिल्ला पुगिसकेका छन् । भुकम्प र नाकाबन्दीमा परेको नेपाली मनलाई देश प्रेम जगाउने उद्देश्य लिएर २०७२ मसिंर १ गते पूर्वको ताप्लेजुङ्ग जिल्लाबाट लक्ष्मी नारायणले यो अभियान थालेको थिए । साना साना झण्डाको स्टिकर बनाएर उनले यो अभियानमा भेट भएका प्राय सबैलाई बाँढ्ने समेत गर्दछन् । आफ्नो स्वविबेकले थालेको उनको यो अभियानमा धेरै नेपालीले माया गरेकोमा आफु निकै हर्षित भएको उनले कुराकानीको क्रममा रातोपाटीलाई बताए । ‘मैले आज सम्म यो अभियानका अरुको सहयोग लिएको छैन, आशा छ अब बाकीँ जिल्ला पनि म यसरी नै पुग्न सक्ने छु,’ लक्ष्मी नारायणले भने । सडक सञ्जाल भएका जिल्लामा यातायातका साधनबाट र नभएका जिल्लाहरुमा पैदल नै अभियान गर्ने गरेको उनले जानकारी दिए । सबै जिल्लाका सदरमुकाममा आफु पुगेका र अब पनि बाकीँ जिल्लाहरुमा विगतमा जसरी नै पुग्ने लक्ष्मी नारायणको तयारी रहेको छ । युवा शक्ति कामको खोजीमा विदेशिने क्रमले गाउँघर शुन्य र खेतबारी बाझोँ भएको देख्दा आफुलाई नरमाइलो लागेको उनले बताए । “मैले आफ्नो सन्तान बाहेक अरुसंग नगद सहयोग मागेको छैन्, कसैले दिन चाहे मैले भन्ने गरेको छु तपाईकोमा जे पाक्छ मलाई त्यही खुवाउनु होस” भन्ने गरेको उनले बताए । यो अभियानमा विभिन्न जिल्लाका संञ्चारकर्मीले आफूलाई गरेको सहयोग भन्दै उनले प्रशंसा समेत गरे । यो उमेरमा तपाईँमा कुनै स्वास्थ्य समस्या छ कि छैन भन्ने हाम्रो जिज्ञासामा उनी यसो भन्नछन् ‘अहिले सम्म धुम्रपान र मध्यपान नगरेकाले होला मलाई कुनै समस्या छैन् तर आखाँमा भने सामान्य समस्या छ ।’ २ छोरा र एक छोरीका पिता उनको जिवनसंगी भने ८ वर्ष अगाडी स्वर्गवास भइसकिन् । “मेरो यो कार्य मेरा सन्तानहरुलाई मन परेको छ उनिहरुले मलाई खर्च नपुग्दा फोन गरेपछि सम्बन्धीत स्थानमा पठाएदिने गरेका छन्” उनले भने । उनले श्रीमती मैया देबीको नाममा भक्तपुरमा क्रियाशिल एक जना पत्रकाकारलाई प्रत्येक वर्ष पुरस्कृत गर्ने उद्देश्यले मैयाँ देबी शिल्पकार पत्रकारीता सम्मान नामक अक्षयकोष स्थापना समेत गरेका छन् । हिमाली जिल्लामा मौसको कारणले केही समय जान समस्या हुने भएकाले २०७३ बैशाखसम्ममा आफ्नो अभियान सक्ने तयारीमा रहेको लक्ष्मीनारायणले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप