‘गौँथली’मा दर्शक बढेपछि हलले बढायो शाे
सारांश
- प्रदर्शनको पहिलो दिनदेखि नै सकारात्मक प्रतिक्रिया पाएको चलचित्र ‘गौँथली’ले दर्शकको चाप बढेपछि हलले शो बढाएका छन् ।
- शुक्रबारको तुलनामा शनिबार धेरै शो पाएको चलचित्रका ती शो समेत भरिएपछि हलले शनिबार साँझबाटै शो बढाएको हो ।
- चलचित्रलाई दर्शकले साथ दिएपछि कलाकारहरू दर्शक भेट्न र प्रतिक्रिया बुझ्न हलमा पुगेका छन् ।
काठमाडौँ । शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘गौँथली’ले शुक्रबार र शनिबार राम्रो ब्यवसाय गर्न सफल भएको छ । प्रदर्शनको पहिलो दिनदेखि नै सकारात्मक वर्ड अफ माउथ पाएको फिल्ममा दर्शक देखिएपछि हलले सुरुको तुलनामा शाे बढाएका हुन् ।
शुक्रबारको तुलनामा शनिबार चलचित्रले धेरै शो पाएको थियो । ती शाे समेत भरिएकोले हलले शनिबार साँझबाटै शाे बढाएको निर्माता निर्देशक कपिल रिजालले बताए ।
चलचित्रलाई दर्शकले साथ दिएपछि अरुण क्षेत्री, सिम्रन खड्कालगायतका कलाकार दर्शक भेट्न र प्रतिक्रिया बुझ्न हलमा पुगेका छन् । उनीहरू शनिबार बिहानैदेखि उपत्यकाका विभिन्न हल पुगेर दर्शकलाई धन्यवाद भनेका हुन् । दर्शकले कलकारसँग सेल्फी र फाेट समेत खिचाएका थिए । दर्शकले गाउँका कथा जस्ताको तस्तै चलचित्र हेर्न पाएको भन्दै निर्देशक तथा कलाकारहरूलाई धन्यवाद दिएका छन् ।
चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय छ ।
डा. भोला रिजालको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन् ।
घर, परिवार, सम्बन्ध र आत्मीयताको भावलाई केन्द्रमा राखिएको फिल्मको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडितलाई सरकारले धोका दियो : अध्यक्ष ओली
-
डेढ घण्टापछि चल्न थाल्यो फेसबुक
-
ओलीको आरोप : बालेन सरकार हत्याहिंसा, तोडफोड र आगजनीबाट बनेको हो
-
अहिलेको राजनीति दिशाहीन र थितिविहीन छ : ओली
-
आदिकवि आचार्यको जन्मजयन्ती मनाउने सन्दर्भमा ‘एक मुट्ठी भोक’ सार्वजनिक
-
सांसदलाई संस्थागत ‘ब्याकअप’ र दक्ष स्वकीय सचिव आवश्यक छ : विज्ञ राई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण