इन्धन कालोबजारी गर्नेलाई ठाउँको ठाउँ कारवाही हुन्छः मन्त्री पुन
बिर्तामोड– सरकारले पेट्रोलियम पदार्थ भण्डारणका लागि देशभरका विभिन्न स्थानमा डिपो स्थापना गर्ने तयारी थालेको छ ।आइतबार क्रान्तिकारी पत्रकार संघ झापाले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा आपुर्तीमन्त्री गणेशमान पुनले सो कुराको जानकारी दिएका हुन् । मन्त्री पुनले देशमा भइरहेको चरम इन्धन अभावलाई टार्न कम्तीमा तीन महिनासम्म इन्धन सञ्चित गर्ने क्षमताका भण्डारणको तयारी गरेको बताए । पूर्व क्षेत्रका लागि झापाको चारआलीमा ५ विगाह जमिनमा डिपो स्थापना गर्ने तयारीमा जुटेको उनले जानकारी दिए । ‘इन्धन अभाव टार्नका लागि चीनबाट समेत इन्धन ल्याउन प्रकृया अघि बढेको छ, उनले भने ‘यसका लागि व्यापारीक सम्झौता भइसकेको छ, कागजातको प्रकृया मात्र बाँकी छ ।’
शनिबार झापा आएका मन्त्री पुनले पेट्रोलियम पदार्थको आपूर्ती बढाउने र बितरणलाई सहज बनाउने विश्वास व्यक्त गरे । उनले पेट्रोलियम पदार्थको कालोबजारी गर्नेलाई ठाउँको ठाउँ कारवाही गर्ने चेतावनी दिए । ‘बजारमा कालोबजारी भएकोे मैले सुनेको छु, केहीदिन यता अनुगमनमा आफै खटिएका मन्त्री पुनले भने, ‘यदी त्यस्तो पाइए कानूनत कारवाही गर्ने कानून नभएको अवस्थामा कानून बनाएर दायरामा ल्याउछौं ।’ उनले पेट्रोलियम पदार्थको बितरण चुस्त बनाउन आयल निगम तथा डिपोका कर्मचारीलाई बिदाका दिन पनि काम गर्न निर्देशन दिइसकेको बताए । पत्रकार सम्मेलनमा एमाओवादीका केन्द्रीय सदस्य झापा इञ्चार्ज झलकसिंह दर्लामी, अर्का केन्द्रीय सदस्य मुक्साहाङ मेयाङवो, केन्द्रीय सल्लाहाकार हर्क खड्का, जिल्ला कार्यबहाक अध्यक्ष राजु आचार्य(अग्नी), पार्टीका फ्याक्सन इञ्चार्ज गगन पुरी लगायतको आतिथ्यता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गौँथली’मा दर्शक बढेपछि हलले बढायो शाे
-
बाढीले क्षति पुर्याएको स्याफ्रुबेसी–रसुवागढी सडक चीनद्वारा स्तरोन्नति, बर्खामा भने हिलाम्मे (तस्बिरहरू)
-
प्युजो मोटरसाइकल्स नेपालद्वारा ‘सोइरे फ्राँसेज’ मार्फत फ्रान्सेली भावना र संस्कृतिको उत्सव आयोजना
-
'प्रेमिकालाई नबोलाए हामफाल्छु' भन्दै ८० मिटर अग्लो टेलिकम टावरमा चढे युवक
-
सिभिल अस्पतालको कार्यकारी निर्देशक छनोटमा विवाद : दण्डित उम्मेदवार सर्टलिस्टमा परेपछि निष्पक्षतामाथि प्रश्न
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण